site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्तर कोरियासँग शान्तिपूर्ण छलफल गर्न अमेरिका तयार
Ghorahi CementGhorahi Cement

काठमाडौं । उत्तर कोरिया र अमेरिकाबीचको तनावपूर्ण अवस्था दिनप्रति दिन गम्भीर बन्दै गइरहेको छ । उत्तर कोरियाले अमेरिकासम्म पुग्न सक्ने अहिलेसम्मकै शक्तिशाली मिसाइलको सफल परीक्षण गरेको दाबी गरेपछि यी दुई देशबीच युद्धको सम्भावना अधिक हुँदै गएको हो । 

यस्तोमा अमेरिकालाई उत्तर कोरियासँग शान्तिपूर्ण वार्ता गर्न चारैतिरबाट लगातार दबाब आइरहेको छ ।  तर अमेरिकाले भने यसअघि उत्तर कोरियाले आफ्नो हतियार निर्माणको काम नरोकेसम्म उनीहरुसँग कुनै वार्ता नगर्ने शर्त राखेको थियो । 

तर पनि वास्तविक युद्धको सुरु भएमा त्यसले पुरै विश्वलाई नै असर पर्न जाने भएकाले अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्नैपर्ने बाध्यता रहेको बताइन्छ । 

Agni Group

यस्तोमा अमेरिकी राज्य सचिव रेक्स टिलरसनले पनि अहिलेको अवस्थालाई हेरेर अब अमेरिकाले उत्तर कोरियासँग बिना कुनै शर्त वार्ता गर्ने तयारी गरिरहेको बताएका छन् । 

केही समयअघि उत्तर कोरिया पुगेका संयुक्त राष्ट्र संघका राजनीतिक प्रमुखले पनि भविष्यमा हुन सक्ने युद्धलाई रोक्न वार्ता गर्नैपर्ने उत्तर कोरियाली अधिकारीको भनाइ रहेको बताएका थिए । 

Global Ime bank

उत्तर कोरियाले पनि विश्वमा शान्ति नै चाहेको हुनाले सकेसम्म वार्ता र सहमतिमा आएर दुई देशबीचको लडाईको माहोललाई अन्त्य गर्ने पक्षमा रहेको जेफ्री फेटमनले कोरिया भ्रमणबाट फर्किएपछि जानकारी गराएका हुन् । 

मंगलबार एट्लान्टिक काउन्सिल फोरममा बोल्दै टिलरसनले भने, ‘अमेरिकाले उत्तर कोरियाको हतियार निर्माण कार्यलाई कहिल्यै पनि स्वीकार गर्न सक्दैन । तर पनि यो विषय विश्वका लागि समेत धेरै संवेदनशील बन्दै गइरहेकाले उत्तर कोरियासँग हामीले भेटेर छलफल गर्नैपर्छ । यसका लागि उनीहरुले पनि केही समय हतियार निर्माण कार्यमा विश्राम लगाएर शान्तिपूर्ण वातावरण सिर्जना गर्नतर्फ लाग्नुपर्छ । हामीले उत्तर कोरियासँग छिट्टै नै वार्ता गर्ने तयारी गरिरहेका छौँ ।’ 

उनको तर्फबाट यस्तो बयान सार्वजानिक हुनासाथै वाइट हाउसले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट बयान दिँदै उत्तर कोरियाप्रति उनको धारणा अझै परिवर्तन नभएको बताएको छ । 

उत्तर कोरियाले शान्तिपूर्ण छलफलका लागि हतियार बिसाउनै पर्ने ट्रम्पको भनाइ छ । उता बुधबार संचार माध्यमसँग कुरा गर्दै गरेका नेता किमले चाहिँ ‘उत्तर कोरिया अब सैन्य शक्ति र आणविक हतियारको क्षेत्रमा विश्वकै शक्तिशाली देश बन्नेछ ’ भन्ने बयान दिएको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  ०४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC