site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डो र बेलको गोल, रियल मड्रिड क्लब विश्वकपको फाइनलमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा युएईको अल जाजिरालाई २ – १ ले पराजित गर्दै रियल उपाधि नजिक पुगेको हो ।

युएईमा भएको खेलमा रियलको जितमा क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलले समान एक एक गोल गरे । अल जाजिराका रोमारिन्होले एक गोल फर्काए । अब रियल मड्रिडले उपाधिको लागि ब्राजिलियन क्लब ग्रेमियोको सामना गर्ने छ । ग्रेमियो मेक्सिकोको पचुकालाई हराउदै यसअघि नै फाइनलमा पुगिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आबुधाबीमा रियल मड्रिडले अल जाजिराले बनाएको पहिलो हाफको अग्रता उल्टाएर जित निकालेको हो । खेलको ४१ औं मिनेटमा रोमारिन्होले गोल गर्दै अल जाजिरालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल गर्यो ।

दोस्रो हाफको ५३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसअघि रियलका करिम बेन्जिमाले गोल गरेपनि गोलको मान्यता पाएन । बेन्जिमाको हेड गोल भिडियो असिस्टेन्ट रेफ्री प्रविधिले अफसाइड देखाएको थियो । तर, रियलको जितमा नायक बने सब्सिच्युड खेलाडी ग्यारेथ बेल ।

Global Ime bank

बेन्जिमाको स्थानमा ८१ औं मिनेटमा मैदान प्रवेश गरेका बेलले मैदान छिरेको पहिलो मिनेटमै गोल गरेर रियल मड्रिडलाई २ – १ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन र रियल मड्रिडको जितमा बेलकै गोल निर्णायक बन्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC