site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समानुपातिक मतमा एमालेको अग्रता कायमै, राजपा पाँचौं, विवेकशील सातौं नम्बरमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म करिब ७७ लाख मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेकपा एमाले समानुपातिकतर्फ पनि अग्र स्थानमा रहेको छ । एमालेले समाचार तयार पार्दासम्म समानुपातिकतर्फ २६ लाख २६ हजार ३३१ मत प्राप्त गरेर पहिलो स्थानमा रहेको छ ।

एमालेलाई पछ्याउँदै नेपाली कांग्रेस २५ लाख ३९ हजार ८८० मतसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी माओवादी केन्द्र १० लाख ४२ हजार ७९४ मतसहित तेस्रो स्थानमा रहेको छ । संघीय समाजवादी फोरम नेपाल ३ लाख ५१ हजार ५१९ मतका साथ चौथो स्थानमा रहेको छ ।

Agni Group

त्यसैगरी पाँचौं स्थानमा अहिले राजपा रहेको छ । राजपाको अहिलेसम्म २ लाख ९५ हजार ५४३ मत रहेको छ । छैटौंमा रहेको राप्रपाले १ लाख ७५ हजार ४४६ मत प्राप्त गरेको छ । सातौंमा रहेको विवेकशील साझाले १ लाख ७३ हजार ७५४ मत प्राप्त गरेको छ ।

त्यसपछि प्रत्यक्षतर्फ एकसिट जित हासिल गरेको नयाँ शक्तिले देशभरबाट अहिलेसम्म जम्मा ६९ हजार १६० मत प्राप्त गरेको छ । राप्रपा प्रजातान्त्रिक ६३ हजार ८६२ मतका साथ नवौं स्थानमा रहेको छ भने नेमकिपा ५०३७३ मतसहित दशौं नम्बरमा रहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC