site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, म्यानमार ३३७ रनले पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । म्यानमारलाई पारजित गरेसँगै नेपाल समूह विजेता बनेको हो । 

३५१ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको म्यानमारका कुनै पनि खेलाडी खुलेर खेल्न सकेनन् । म्यानमारले ११.३ ओभरमा सबै विकेटको क्षतिमा १३ रनमात्रै बनाउन सक्यो ।

म्यानमारलाई सस्तैमा अलआउट गर्नका लागि नेपालका नारायण जोशी र मेखबहादुर सेन थापाले समान ४–४ विकेट लिए । म्यानमारले बनाएको यो १३ रनको स्कोर जारी प्रतियोगिताकै सबैभन्दा कम रन हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले उमेर समूहमा यति ठूलो अन्तरमा पराजित गरेको यो पहिलो पटक हो । नेपाली बलरसामु म्यानमारका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रित गौतमले शतकीय पारी खेलेपछि नेपालले म्यानमारलाई फराकिलो चुनौती दिएको थियो । त्यस्तै नेपालका तृतराज दास र प्रतिश जिसीले अर्धशतकीय पारी खेलेपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३५० रन बनाएको थियो । 

Global Ime bank

नेपालको उच्च योगफलका लागि  रितले अविजित १०६ रन बनाए । रितले  ७८ बलमा १२ चौका प्रहार गरेका थिए । अघिल्ला दुई खेलमा जम्न नसकेका रित म्यानमारविरुद्ध शतक बनाउँदै  नेपाली यु – १६ को उमेर समूहमा शतक बनाउने पहिलो नेपाली खेलाडी बने ।

यस्तै अविजित रहेका प्रतिशले आक्रामक ब्याटिङ्ग गर्दै ३१ बलमा ६३ रन बनाए । उनले १० चौका र १ छक्का प्रहर गरे । तृत राज दासले २९ बलमा ६४ रन जोडेर अर्धशतक बनाए ।  त्यस्तै नेपालका विशालविक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास आयरले १७ रन जोडे । म्यानमारका हेइन हेट एङले ३ विकेट लिए  ।

समूह ए बाट नेपालसँगै हङकङ सेमिफाइनलमा प्रवेश गरेको छ । हङकङ समूह उपविजेता बनेको हो । समूह ए बाट आयोजक थाइल्याण्डसँगै म्यानमार प्रतियोगिताबाट बाहिरिएका छन् ।

समूह बि बाट विजेता सिंगापुर र उपविजेता मलेसिया हँुदै सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने हङकङले सिंगापुरसँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC