site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
स्रष्टा पदयात्रा समूहको वार्षिकोत्सव सम्पन्न  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । स्रष्टा पदयात्रा– २०७३ एक वर्ष पुगेको अवसरमा विहिबार एक कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ । गतस ाल मंसिरदेखि सुरु भएको मासिक पदयात्राको एक वर्ष पुगेको अवसर पारेर काठमाडौंमा आयोजित छलफल कार्यक्रम गरेको हो ।
स्रष्टा पदयात्रा २०७३ का संयोजक शीतल गिरीले सहजिकरण गरेको सो छलफल कार्यक्रममा सहभागिहरुले आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । छलफलमा बोल्दै पदयात्री मन्दिरा मधुश्रीले समयको व्यवस्थापनमा जोड दिनु पर्ने बताइन भने डा. भक्त राईले पदयात्रा ऐतिहासिक भएको उल्लेख गरे । 
कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनले यत्तिको बौद्धिक वर्गको स्वस्फूर्त समूह बन्नु र एक वर्ष पार गर्नु चानचुने कुरा नभएको बताए । उनले अल्लारेको यात्राजस्तो नभई व्यवस्थित र अर्थपूर्ण पदयात्रा गर्नु पर्नेमा जोड दिए । अर्का स्रष्टा डिल्लीराज अर्यालले पदयात्राका क्रममा भोगेका अनुभव सुनाउँदै यात्रा मात्रै होइन्, साहित्यिक सिर्जनामा जोड दिनुपर्ने बताए । 
कार्यक्रममा हालसम्म भएका प्रगतिको समीक्षाका साथै भावि रणनीति र कार्ययोजनाको बारेमा पनि छलफल भएको थियो । वक्ताहरुले पदयात्राका क्रममा भएका कमी कमजोरी औल्याउँदै आगामी दिनमा सुधारकालागि सुझाव समेत दिएका थिए । 
स्रष्टा पदयात्रा २०७३ मंसिर ३ गतेबाट सुरु भएको थियो । हरेक महिनाको पहिलो शुक्रबार आयोजना हुँदै आएको यो पदयात्राले हालसम्म तेह्रौँ श्रृङ्खला पार गरिसकेको छ । ‘स्वास्थ्य र सिर्जनाकालागि पदयात्रा’ नारासहित ७ जना स्रष्टाहरु शीतल गिरी, डिल्लीराज अर्याल, डा. भक्त राई, जसध्वज गुरुङ, जय छाङ्छा, डिल्लीरमण सुवेदी, प्रविण पुमाको सहभागितामा सुरु भएको पदयात्रामा करिब २५ जना स्रष्टाहरु सहभागि भइसकेका छन् । 
छलफल कार्यक्रममा मासिकरुपमा हुँदै आएको पदयात्रामा सहभागि स्रष्टा र पत्रकारहरुको उपस्थिति  थियो । कार्यक्रममा पदयात्राका संयोजक शीतल गिरी सहित लीलाराज दाहाल, शशी थापा पण्डित,  मन्दिरा मधुश्री, शान्ति सापकोटा, डिल्लीरमण सुवेदी, डा. भक्त राई, पुरण राई, डा. धनप्रसाद सुवेदी,  छविरमण सिलवाल, श्रीओम श्रेष्ठ रोदन, जसध्वज गुरुङ, हरि गौतम, डिल्लीराज अर्याल, श्याम भावुकलगायतको उपस्थिति थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC