साहित्य
काठमाडौं । चलचित्र ‘साँइली’ निर्माणको घोषणा गरिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्र ‘साँइली’ निर्माणको घोषणा गरिएको हो ।
चलचित्रमा साँइलाको भूमिकामा गौरव पहारी र साँइलीको भूमिकामा मेनुका प्रधान हुनेछिन् । हेमन्त रानाले गाएको गीत ‘साँइली’ लाई आधार मानेर चलचित्र निर्माण गर्न लागिएको हो । चलचित्र घोषणा कार्यक्रममा हेमन्त पनि उपस्थित थिए ।
चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्न लागेका हुन् । चलचित्रको कथा पनि गुरुङले नै लेखेका हुन् । वैदेशिक रोजगारीको कथा र त्यसले युवा पुस्तामा पारेको प्रभाव तथा उमेरमै विछोडिदाको पीडालाई समेटिएको गीत अनुसारकै चलचित्रको कथा रहने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४ १९:०३
प्रतिक्रिया दिनुहोस्