साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘पञ्चेबाजा’ को ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतमा अञ्जु पन्त र डेविड शंकरको स्वर रहेको छ भने प्रदीप भाद्वाजले शब्द र विकास चौधरीको संगीत छ ।
भिडियोमा सौगात मल्ल, कर्मा र जस्मिन श्रेष्ठ फिचर छन् । चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
फाल्गुन ११ गते प्रर्दशन हुने चलचित्रमा सौगात, कर्मा र जस्मिनसँगै बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४ १९:१३
प्रतिक्रिया दिनुहोस्