site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इपिएल  क्रिकेटलाई आइसीसीको मान्यता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) ले मान्यता दिएको छ । पुसको पहिलो साताबाट आयोजना हुने इपिएल क्रिकेटलाई बिहीबार आइसीसीले मान्यता दिएको हो ।

आइसीसीले बिहीबार बेलुका इपिएललाई इमेलबाट पत्र लेख्दै प्रतियोगितालाई मान्यता दिएको जनाएको छ । पछिल्लो समय आइसीसीले इपिएल क्रिकेटबारे नेपालमा रहेका सरोकारवालासँग छलफल गर्दै आएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

इपिएल क्रिकेटलाई आइसीसीले मान्यता दिएसँगै आइसीसीमा रजिस्टर भएका विदेशी खेलाडीहरुले पनि यो प्रतियोगिता खेल्न पाउने भएका छन् ।  

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने इपीएल क्रिकेटमा काठमाडौं किङ्गस, ललितपुर प्याट्रीयट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज गरी ६ शहरको सहभागिता रहेको छ ।

Global Ime bank

इपिएल क्रिकेटको लागि सबै टोलीले अक्सनबाट खेलाडी भित्राईसकेको छ । त्यस्तै अधिकांस क्लबले विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट समेत खेलाडी छनोट गरिसकेको छ ।

इपीएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा संचालन हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  २०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC