site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाटा नेपालको भिजन ५ मिलियन योजना, सन् २०३० मा ५० लाख पर्यटक नेपाल भित्राउने उद्देश्य
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्राउन ‘भिजन ५ मिलियन योजना’ सार्वजनिक गरेको छ । 

बुधबार पाटाको ४१ औं साधारणसभाको कार्यक्रममा पाटाले सरकार र निजी क्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने मिसन बनाएको हो । पाटाले भिजन ५ मिलियन योजनालाई सार्वजनिक गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गरि पर्यटकलाई नेपाल ल्याउनका लागि पहलकदमी भूमिकासमेत खेल्ने जनाएको छ ।  पाटाले संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहश्राब्दी विकास लक्ष्य अनुरुप सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाएको हो ।

Agni Group

साधारणसभामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालमा पर्यटक भित्राउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने बताए । ‘निजी क्षेत्रले मात्र काम गरेर हुँदैन त्यसका लागि सरकारले पनि पूर्वाधार निर्माण गर्नुपर्छ, सरकारले अधिक पर्यटक भित्राउन पूर्वाधार निर्माणमा जोड दिएको छ,’ उनले भने । निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम चाडो सकेको खण्डमा पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउने न्यौपानेले बताए । ‘भारत र चीनका पर्यटकलाई लक्षित गरेर कार्यक्रम बनाउन सकेमा मात्र पनि ठूलो संख्यामा नेपालमा पर्यटक आउँछन्,’ उनले भने ।  

कार्यक्रममा राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा युवराज खतिवडाले पर्यटनमार्फत मुलकको आर्थिक विकास संभव रहेकाले पूर्वाधार विकासमा नै जोड दिनुपर्ने बताए । पूर्वाधार विकासका लागि सरकार र निजीक्षेत्र मिलेर काम गर्नुपर्छ, उनले भने । 

Global Ime bank

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले पर्यटकीय संभावना बोकेका नयाँ गन्तब्यको खोजी गरी ब्यापक प्रवद्र्धनमा साझेदारिताकासाथ अघि बढाएमा योजनाले सार्थकता पाउने बनाए । 

पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले भूकम्पपछिको पर्यटनको अवस्था सामान्य बन्दै गएकाले अब पर्यटनमा व्यापाक लगानी र प्याकेजको आवश्यकता परेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC