site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालबालिकामा आँखा क्यान्सरको जोखिम, लापरबाही नगर्न चिकित्सकको सुझाव
Sarbottam CementSarbottam Cement

काठमाडौं । धरानकी १६ वर्षिया मीना पाख्रिनको आँखामा मुसा आएको थियो । सुरुमा उनले त्यसलाई खासै वास्ता गरिनन् । पछि त्यो मुसा बढ्दै गएर आँखा नै पूरै ढाक्न थाल्यो । उनी धरानकै आँखा अस्पतालमा गइन् । पछि उनको आँखा नै फाल्नुपर्ने अवस्था भयो । अहिले उनले नक्कली आँखा राख्नुपरेको छ । 

थानकोटकी रमीला पौडेल ८ वर्षको हुँदा उनको दाहिने आँखाको नानीको बीचमा सेतो चम्किलो दाग देखापरेको थियो । त्यसलाई खासै वास्ता गरिनन् उनकी आमा निर्मलाले । विस्तारै त्यो आँखाको सेतो दाग बढ्दै गएपछि रमिलालाई अस्पताल लगियो । अहिले उनको दाहिने आँखा शल्यक्रिया गरेर नक्कली आँखा राखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बागलुङका १३ वर्षिया रामबहादुर वाइवा आँखा क्यान्सरका बिरामी हुन् । जन्मदै उनको दाहिने आँखा हल्का टेढो थियो । त्यसलाई सामान्य मानियो । पछि त्यो आँखामा मासुको डल्लो आयो । विस्तारै आँखाको दृष्टि कमजोर हुँदै गयो । स्थानीय क्लिनिकमा केही पत्ता नलागेपछि उनलाई उपचारका लागि काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठान ल्याइयो । यति बेला उनको आँखा निकालेर नक्कली आँखा लगाइएको छ । “पहिला नै थाहा भएको भए आँखा जोगाउन सकिने रहेछ, थाहा भएन,” उनका बुबाले भने । पछिल्लो समय आँखासम्बन्धी जानकारी नहुँदा आँखा नै गुमाउनु पर्नेसम्म अवस्था हुने आँखा चिकित्सकहरुले बताएका छन् । बालबालिकामा आँखा क्यान्सरको खतरा बढेको उनीहरुको भनाइ छ । आँखा रोगका बारेमा चेतना नहुँदा, लक्षणबारे थाहा नहुँदा अन्तिम अवस्थामा आएर आँखा नै काटेर फाल्नुपर्ने बिरामी आउने गरेको तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरुले बताएका छन् ।

चेतना अभावका कारण मानिसहरु अझैपनि समयमा उपचार गर्न नजाँदा समस्या झन् जटिल बन्दै गएको तिलगंगा आँखा प्रतिष्ठानका अकुलो प्लाष्टिक तथा आँखा क्यान्सर विशेषज्ञ डा. बेन लिम्बुले बताए । आँखाको समस्या सामान्य मानेर उपचार नगर्ने तथा उपचार गर्न ढिलो जाने प्रवृत्तिले समस्या जटिल हुने गरेको डा. लिम्बुको भनाइ छ ।
उनले भने, “समय नपुगी जन्मेका बच्चाहरुमा पनि यस्तो समस्या आउने गर्छ । आँखाको नानीमा सेतो टल्किने, कोठी आउने, मासु पलाउने, आँखा धमिलो हुने, कमजोर हुनुेजस्ता लक्षण देखा परेमा बालबालिकााई तुरुन्त अस्पताल लैजानुपर्छ ।”

Global Ime bank

प्रारम्भिक अवस्थामा नै अस्पताल गएर शल्यक्रिया गर्न सके आँखा जोगाउन सकिने डा. लिम्बु बताउँछन् । आँखाको शल्यक्रिया धैरै महँगो पनि नभएको उनले बताए ।

आँखाको क्यान्सर समयमै उपचार नभए शरीरभर फैलेर बिरामीको मृत्युसमेत हुनसक्ने आँखारोग विशेषज्ञहरु बताउँछन् । तिलगंगा आँखा प्रतिष्ठानमा ३० प्रतिशत बिरामीमात्र समयमै आउने गरेको डा. लिम्बुले बताए । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २० हजार जना बालबालिकामध्ये एक जनामा आँखाको क्यान्सरको समस्या देखा पर्ने गरेको छ । 
तस्बिर गुगलबाट 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC