site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
सन् १९७३ पछि किन कोही चन्द्रमामा गएनन् ?
Sarbottam CementSarbottam Cement

‘मानवीयताका लागि एक सानो कदम, पूरै मानव जातिका लागि ठूलो छलाङ साबित हुनेछ’ यो भनाई हो चन्द्रमामा पहिलो पटक पाइला राख्ने अमेरीकी नागरिक नील आर्मस्ट्रङ्गको । २१ जुलाई सन् १९६९ मा नील आर्मस्ट्रङ्गले चन्द्रमामा पहिलो पटक पाइला टेकेर इतिहास रचेका थिए । त्यस पछि पाँच अन्य अमेरीकी अभियान चन्द्रमामा पठाइएका छन् । 

सन् १९७३ मा चन्द्रमामा पुगेका यूजीन सेरनन अन्तिम अन्तरिक्ष यात्री थिए । उनी पछि अहिलेसम्म कुनै पनि मानव चन्द्रमामा गएका छैनन् । झण्डै आधा शताब्दि पछि अमेरीकाले चन्द्रमामा मिसन पठाउने घोषणा गरेको छ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससँग जोडिएको एक आदेशमा सोमवार हस्ताक्षर गरेका थिए । 

तर अमेरीका वा अन्य कुनै मुलुकले झण्डै आधा शताब्दिसम्म चन्द्रमामा किन कुनै अन्तरीक्ष यात्रीलाई पठाएनन् भन्ने प्रश्न खडा भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बजेट बनि दिन्छ अबरोध 

चन्द्रमामा मानव पठाउनु महंगो सावित हुन्छ । लस एञ्जलसको क्यालिफोर्निया यूनिवर्सिटीमा खगोल विज्ञानका प्रोफेसर माइकल रिच भन्छन् “चन्द्रमामा मानवीय मिसन पठाउनु अत्यन्तै खर्चिलो भएको थियो । जबकि यसको वैज्ञानिक फाईदा न्यून थियो ।’’ विशेषज्ञहरुका अनुसार यो मिसनमा वैज्ञानिक रुचीभन्दा पनि राजनीतिक कारण बढी थिए । अन्तरिक्ष नियन्त्रणको होडबाजीमा मानव मिसन अन्तरिक्षमा पठाइएको विशेषज्ञहरुको भनाई छ । 

Global Ime bank

सन् २००४ मा अमेरीकाका तत्कालिन राष्ट्रपति डब्ल्यू जर्ज बुशले ट्रम्पकै शैलीमा  मानवीय मिसन पठाउने प्रस्ताव पेश गरेका थिए । जसमा एक लाख चार हजार मिलियन अमेरीकी डलरको अनुमानित बजेट बनाइएको थियो । तर ठूलो बजेटका कारण उक्त योजना असफल भएको थियो । आदेशमाथि हस्ताक्षर गर्नु अघि ट्रम्पले परामर्शसम्म नगरेकाले यो योजनापनि पहिलेकै जस्तो हुने विशेषज्ञहरुले बताएका छन् । 

माइकल रिचको भनाई छ, ‘‘किनकी यस्ता मिसनको वैज्ञानिक फाईदा कम छन्, यसै कारण यसको खर्चिलो बजेटका लागि कांग्रेसको मञ्जुरी हासिल गर्नु अप्ठ्यारो काम हो ।’’ नासा वर्षौंदेखि अर्को अहम् योजना पूरा गर्नमा लागेकाले पनि यो योजना पूरा नहुने अर्को कारण पनि रहेको छ । 

यस वर्ष नासाले कयौं नयाँ उपग्रह, बृहस्पतिमा खोज, अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनको कक्षामा लञ्च, अन्य आकाशगंगाहरु र ग्रहहरु माथि शोध गरेको छ । नासा वर्षौबाट चन्द्रमामा फेरी मानवीय मिसन पठाउनका लागि वकालत गर्दै आएको छ । 

चन्द्रमामा मानव पुगे कयौं नयाँ जानकारीहरु मिल्ने नासाको मान्यता रहेको छ । विगत केही वर्षदेखि चन्द्रमामा जाने इच्छा बढ्दै गएका छन् । 

चन्द्रमामा पुग्ने योजना 

चन्द्रमामा पुग्न सरकारी र प्राइभेट क्षेत्रबाट यसअघि पनि प्रयासहरु भएका छन् । जसमा चन्द्रमामा जाने घोषणा मात्रै नभएर मानवीय बस्ती बसाल्ने जस्ता महत्वकांशी योजनाहरु पनि पेश गरिएका थिए । यि योजनाहरु कम खर्चिलो प्रविधि र स्पेसक्राफ्टको निर्माणमा आधारित छन् । चीनले सन् २०१८मा र रूसले २०३१ मा चन्द्रमामा पुग्ने योजना बनाएका छन् । 

यस बीचमा कयौं प्राइभेट उपक्रमहरुले स्पेस बिजनेस मोडल ल्याउने पनि योजना सार्वजनिक गरेका छन् । जसमा चन्द्रमामा खनिजको उत्खनन् र चन्द्रमामाबाट ल्याइएका पत्थरहरुलाई बहुमुल्य पत्थरका रुपमा बिक्री गर्ने योजना रहेका छन् । 

अमेरीका अन्तरिक्षको यो दौडमा अरु कसैभन्दा पछि पर्न चाहन्न । नासाको योजनाका लागि यस पटक विनियोजन गरिएको बजेट कुल बजेटको एक प्रतिशत हो । पछिल्ला अन्तरिक्ष कार्यक्रममा कुल बजेटको पाँच प्रतिशत वजेट विनियोजन गरिएको थियो । 

साभारः बीबीसी हिन्दीबाट

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०१:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC