site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१३ स्मार्टसिटी र २७ वटा ठूला सहर बनाउने सरकारको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले १३ वटा स्मार्टसिटी र २७ वटा नयाँ सहर बनाउने भएको छ । मध्य पहाडी लोकमार्ग क्षेत्र, हुलाकी मार्ग आसपास र तराई–मधेसका विभिन्न स्थानमा सरकारले नयाँ सहर बनाउन लागेको हो ।

नयाँ सहर आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक पराग कायस्थका अनुसार प्रत्येक सहरमा १–१ लाख जनसंख्या अटाउने लक्ष्य लिइएको छ । 

नयाँ सहरमा आवश्यक पर्ने अत्याधुनिक चक्रपथ, व्यवस्थित ल्याण्डफिल साइट, बसपार्क, विद्यालय, औद्योगिक क्षेत्र, वित्तीय क्षेत्र, क्याम्पस, खेलकुद मैदान खानेपानी, मनोरञ्जन पार्क, अस्पताल आदि निर्माण गरिनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजना निर्देशक कायस्थले मध्य पहाडी क्षेत्र भएकाले भौगोलिक विकटता सहर निर्माणको मुख्य चुनौती भएको बताए । यस्तै सहर निर्माणका लागि जग्गा अधिग्रहणका लागि ५१ प्रतिशत स्थानीयको सहमति चाहिन्छ । 

६ वटा सहरका लागि स्थानीयले सहमति जनाइसकेका छन् भने बैतडीको पाटन, बाग्लुङको बुर्तिबाङ, तेह्रथुमको वसन्तपुर र तनहँको डुम्रे भञ्सारमा सहमति हुन बाँकी छ । 

Global Ime bank

आव ०६७—०६८ मा मध्यपहाडी लोकमार्गमा सहर विकासमा तत्कालीन सरकारले १ सहरका लागि १३ अर्ब रुपैयाँ लाग्ने आँकडा निकालेको थियो । उक्त लागतमध्ये ८ अर्ब नेपाल सरकार र ५ अर्ब सहरबासीले बेहोर्नुपर्ने नियम रहेको छ । मध्यपहाडी लोकमार्गमा १० नयाँ सहर विकासका लागि सरकारले २.१५ अर्ब बजेट छुट्याएको छ ।

यसरी सहर बनेपछि रोजगारी र अवसरका लागि काठमाडौं लगायतका ठूला सहरमा बसाइँसराइको दर घट्ने अनुमान छ ।

कहाँ–कहाँ स्मार्टसिटी ?

सरकारले १३ स्थानका सहरमा स्मार्टसिटी निर्माण गर्ने योजना अघि सारेको छ । 

१३ मध्ये पहिला लुम्बिनी, पालुङटार र निजगढमा स्मार्ट सिटीको काम अगाडि बढेको निर्देशक कायस्थले बताए । स्मार्ट सिटी निर्माणका लागि अबको केही समयभित्र नै परामर्शदाताहरुसँग छलफल गरी विस्तृत योजना प्रतिवेदन तयार गर्ने सरकारको तयारी छ । 

पर्यटकीय, व्यापारिक र कृषि उत्पादनका लागि प्रख्यात यी सहरहरुलाई थप व्यवस्थित बनाउन स्मार्ट सिटीको परिकल्पना गरिएको कायस्थले बताए । स्मार्ट सिटी बनेपछि त्यहाँका बासिन्दा तथा पर्यटकहरुलाई घुम्न, विभिन्न सामग्री किन्न सजिलो हुने उनको भनाइ छ । 

कायस्थका अनुसार अबको ३ महिनाभित्रमा ३ स्थानका स्मार्टसिटीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसक्ने छ । यी ३ बाहेक धनकुटा, मिर्चैया, चन्द्रपुर, काभ्रे भ्याली, भरतपुर, वालिङ, तुल्सीपुर, दुल्लु, अमरगढी र टीकापुर नगरपालिकालाई स्मार्ट सिटी बनाउन आवश्यक प्रक्रिया अघि बढाइनेछ । 

“दुल्लु, वालिङ र अमरगढीका लागि परामर्शदाताको ‘सर्ट लिस्ट’ तयार भइसकेको छ,” कायस्थले बताए । नेपालमा स्मार्ट सिटी निर्माणको पहिलो अनुभव भएका कारण विज्ञहरु नियुक्तिको प्रक्रिया अपनाउँदा केही समय लम्बिएको कायस्थले बताए । 

“परामर्शदाताले स्मार्ट सिटीको मोडालिटी तयार गर्नेछन्,” कायस्थले भने, “अत्याधुनिक सहरका लागि आवश्यक पूर्वाधार सूची ९ महिनाभित्र तयार हुनेछ । त्यसपछि ३ महिना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुसँग छलफल गरी एक वर्षभित्र अन्तिम प्रतिवेदन बुझाउनु पर्ने हुन्छ ।” 

कहाँ–कहाँ नयाँ सहर ?

झापाको गौरीगञ्ज, मोरङको रङ्गेली, महोत्तरीको मनहरा, सर्लाहीको ब्रम्हपुरी, बाराको महागढी माई, रौतहटको मौलिकपुर, नवलपरासीको बर्दघाट, बर्दियाको राजापुर, कैलालीको भजनी र कञ्चनपुरको बेलौरीमा सरकारले नयाँ सहर निर्माण गर्न लागेको हो ।

“पछिल्लो समय हामीले सुर्खेत भ्याली र प्युठानको भिङ्ग्रीलाई पनि नयाँ सहर बनाउने योजना ल्याएका छौं,” आयोजना निर्देशक कायस्थले बाह्रखरीसँग भने । 

तराई–मधेस क्षेत्रमा सप्तरीको शम्भुनाथ, महोत्तरीको वलवा, सर्लाहीको ईश्वरपुर, रौतहटको कटरिया र दाङको गढवामा नयाँ सहर बन्ने भएका हुन् । 

तराई–मधेस र हुलाकी मार्ग क्षेत्रमा सहर निर्माणका लागि त्यस क्षेत्रमा लिङ्क रोड निर्माणको काम चाँडै अगाडि बढ्ने आयोजना निर्देशक कायस्थले बताए । “परामर्शदाता छनोट गर्न २ महिना लाग्छ,” उनले भने, “यसपछि ६ महिनामा डिपिआर तयार हुन्छ ।” 

पूर्वाधार निर्माण कार्य धमाधम 

निर्माणाधीन मध्यपहाडी लोकमार्गको आसपासमा निर्माण गरिने १० नयाँ सहरको पूर्वाधार निर्माण कार्य धमाधम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आसपासका बस्तीहरुलाई समेटर वि.सं. २०९० सम्ममा सुविधा सम्पन्न सहरको विकास गर्ने सरकारको लक्ष्य छ । “नयाँ सहरका लागि आवश्यक पूर्वाधार निर्माण धमाधम भइरहेको छ,” कायस्थले बताए ।

मध्य पहाडी लोकमार्गमा पर्ने पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको वैरनी गल्छी, तनहँुको डुम्रे भञ्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साफेबगर र बैतडीको पाटनमा आधुनिक नयाँ सहर निर्माण गर्न लागेको हो ।

२०७१ बाट निर्माण कार्य सुरु भएको मध्यपहाडी लोकमार्ग आसपासमा सहर विकासको घोषणा सरकारले २०६७—२०६८ को नीति तथा कार्यक्रममा गरेको थियो । 
स्केच : सहरी विकास तथा भवन निर्माण विभाग  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC