site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इपिएल क्रिकेटलाई आइसीसीको मान्यता
Ghorahi CementGhorahi Cement

काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले मान्यता दिएको छ । 

पुसको पहिलो साताबाट आयोजना हुने इपिएल क्रिकेटलाई बिहीबार आइसीसीले मान्यता दिएको हो । आइसीसीले बिहीबार बेलुका इपिएललाई इमेल लेख्दै प्रतियोगितालाई मान्यता दिएको इपिएल क्रिकेटका डिरेक्टर आमिर अख्तरले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । विज्ञप्तिमा भनिएको छ, “हामी निकै खुशी छौ कि आइसीसीले हामीलाई स्वीकृति दिएको घोषणा गर्न पाउदा । इपिएल २०१७ लाई मान्यता दिएको पत्र आइसीसीका प्रमुख कार्यकारी संचालक क्लाइभ हाइचिकोकको इमेलबाट हामीलाई प्राप्त भएको छ । प्रतियोगिताको लागि हामीले आइसीसीलाई २० हजार अमेरिकी डलर बुझाएका छौं, जुन नेपाली क्रिकेट विकासको लागि खर्च हुनेछ ।”

Agni Group

यसअघि इपिएल क्रिकेटले नेपालमा हुने लागेको प्रतियोगितालाई मान्यता दिन आइसीसीलाई पत्र पठाएको थियो । त्यसपछि पछिल्लो समय आइसीसीले इपिएल क्रिकेटबारे नेपालमा रहेका सरोकारवालासँग छलफल गर्दै आएको थियो । सरोकारवालासँगको छलफल र इपिएलले प्रतियोगिताको लागि आवश्यक प्रक्रिया पुरा गरेपछि इपिएल क्रिकेटलाई आइसीसीले मान्यता दिएको हो ।

इपिएल क्रिकेटलाई आइसीसीले मान्यता दिएसँगै आइसीसीमा दर्ता भएका विदेशी खेलाडीहरुले पनि यो प्रतियोगिता खेल्न पाउनेछन् । अब इपिएल क्रिकेटमा टेष्ट मान्यता राष्ट्र तथा एसोसियट राष्ट्रका सबै राष्ट्रिय खेलाडीले खेल्न पाउने छन् । यसअघि आइसीसीले नेपाल आइसीसीबाट निलम्बनमा रहेको कारण नेपालमा हुने फ्रेन्चचाइज क्रिकेटमा विदेशी खेलाडीलाई खेल्न अनुमति दिएको थिएन ।

Global Ime bank

पुस ३ गतेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने इपीएल क्रिकेटमा काठमाडौं किङ्गस, ललितपुर प्याट्रीयट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज गरी ६ शहरको सहभागिता रहेको छ । इपिएल क्रिकेटको लागि सबै टोलीले अक्सनबाट खेलाडी भित्राईसकेको छ । त्यस्तै केहि क्लबले विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट समेत खेलाडी छनोट गरिसकेको छ । आइसीसीले मान्यता दिएपछि केहि क्लबले नाम चलेका अन्तर्रा्ष्ट्रिय खेलाडी भित्राउने तयारी समेत गरेको छ ।

इपीएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा संचालन हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।
\"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC