site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फेडेररले जिते कीर्तिमानी चौथो पटक बीबीसी पर्सनालिटी स्पोर्ट्स अवार्ड
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेररले बीबीसी ओभरसिज स्पोर्ट्स पर्सनालिटी अवार्डको उपाधि जितेका छन् । अवार्डको लागि मनोनयनमा परेका ५ प्रतिस्पर्धीलाई पछि पार्दै फेडेररले यो उपाधि जितेका हुन् ।

विश्व टेनिसको दोस्रो वरियतामा रहेका फेडेररले किर्तिमानी चौथोपटक यो अवार्ड जितेका हुन् । सर्वाधिक पटक यो अवार्ड जित्न दुई खेलाडी यसअघि सन् २००४, २००६ र २००७ मा यो अवार्ड जितेका थिए । फेडरर बाहेक कीर्तिमानी धावक हुसेन बोल्ट, बक्सर मोहमद अलीले यो अवार्ड समान ३ – ३ पटक जितेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बीबीसीले बार्षिक प्रदान गर्दै आएको यो अवार्ड जित्न फेडेररले सर्वा्धिक मत ल्याएका थिए । बीबीसीले आफ्नो वेबसाइटमा आएको कुल मतमा बढी रुचाइएका र बढी मत पाएका फेडेररलाई विजेता घोषणा गरेको हो । बीबीसीले बर्षभरीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई अवार्डको लागि मनोनयन गर्ने गर्छ ।

कीर्तिमानी चार पटक यो उपाधि जितेपछि फेडेररले यो क्षण अविश्वसनीय रहेको बताउदै बेलायती नागरिकप्रति आभार व्यक्त गरे । उनले भने, “यो क्षण अविश्वसनीय रहेको छ । र, म एकदमै गौरवान्वित छु किनकी बेलायतका जनताले मलाई यो अवार्डको लागि छनोट गर्नु भएको छ ।”

Global Ime bank

सन् २०१७ मा फेडेररले ५२ खेलमा जित निकाल्दा ५ खेल मात्र गुमाएका थिए । उनले ७ उपाधि जित्दा २ ग्राण्डस्लामको उपाधि आफ्नो नाममा लेखाएका थिए । ३६ बर्षिय फेडेररले सन् २०१७ मा सर्वाधिक आठ पटक विम्बल्डन टेनिसको उपाधि जितेर नयाँ किर्तिमान बनाएका थिए । यस्तै फेडेरर सर्वाधिक १९ पटक ग्राण्डस्लाम टेनिसको उपाधि जित्ने एक्ला खेलाडी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC