site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली यू – १५ महिला टोली आज बंगलादेश जाँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बंगलादेशमा हुने साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली महिला टोली आज बंगलादेश प्रस्थान गर्दैछ । आइतबारबाट सुरु हुने च्याम्पियनसिपको लागि नेपाली टोली आज अपरान्ह बंगलादेशतर्फ प्रस्थान गर्ने छन्  ।

च्याम्पियनसिपको लागि २० सदसिय खेलाडीसहितको नेपाली टोलि अपरान्ह ३ बजेपछि बंगलादेशको ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।  प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणमा ४७ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । त्यस्तै एन्फाले दोस्रो चरणमा छनोट गरेको २४ खेलाडीबाट फाइनल चरणको लागि २० खेलाडी छनोट गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान रहेका छ । लिग चरणमा चारै टोलीले एक अर्कासँग खेल्ने छ । र, शिर्ष दुई टोलिले उपाधिका लागि खेल्ने छ । फाइनल खेल पुस ९ गते हुने छ ।

च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आइतबार आयोजक बंगलादेशसँग खेल्ने छ । नेपाल र बंगलादेशबिचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समयअनुसार दिउसो २ः४५ मा सुरु हुने छ । त्यसअघि उद्घाटन खेलमा भारत र भुटानबीच खेल हुने छ ।
च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले मंगलबार भारतसँग खेल्ने छ । त्यस्तै नेपाले अन्तिम खेलमा भुटानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
 
नेपाली टोली ः

Global Ime bank


करिना दाहाल
बितिषा राजवंशी
पुष्पा गुरुङ
सरिश्मा थापा
मन माया बिक
सुष्मा राई
सुरक्षा सिंह
सरस्वती हमाल
प्रिति राई
अस्मिता चौधरी
मुना मगर
निकिता थोकर
सबिता राना मगर
सुष्मा जिटी
अन्जली चन्द
अस्मिता रनपाल
निखिता धमला
सुप्रिया रजक
रिया बानु
अस्मिता गुरुङ
मुख्य प्रशिक्षक – गंगा गुरुङ
प्रशिक्षक – पारस चौधरी
गोलकिपर प्रशिक्षक – विनोद महर्जन
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC