site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बैतडी, रासस । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका बैतडीका छजनाको धरौटी जफत भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजेता र उपविजेता उम्मेदवारबाहेकका अन्य सबै छजना उम्मेदवारको धरौटी जफत भएको हो । 

कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानून बमोजिम राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बैतडीमा प्रतिनिधिसभातर्फ पाँचजनाको उम्मेदवारी परेकामा तीनजनाकोे धरौटी जफत भएको छ । प्रदेशसभा कबाट उम्मेदवारी दिएका पाँचजनामध्येबाट पनि तीनजनाको धरौटी जफत भएको छ । प्रदेशसभा खमा भने दुईजना मात्रै उम्मेदवार रहेकामा कसैको पनि धरौटी जफत भएको छैन । 

प्रदेशसभा तथा प्रतिनिधिसभामा उम्मेदवार बनेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र राप्रपाका कुनै पनि उम्मेदवार धरौटी जफत नभएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए । 
धरौटी जफत हुने उम्मेदवारले प्रतिनिधि र प्रदेशसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका हुन् । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा ६९ हजार ११९ मत सदर भएको थियो । 

Global Ime bank

यस्तै, प्रदेशसभामा ‘क’ क्षेत्रमा ३८ हजार १८ मत खसेकामा ३४ हजार ८८२ मत सदर भएको हो भने प्रदेशसभा ख क्षेत्रमा ३८ हजार १५५ मत खसेकामा ३५ हजार ५६५ सदर भएको थियो । 

प्रतिनिधिसभामा धरौटी जफत हुने उम्मेदवारहरुमा एकीकृत राप्रपा राष्ट्रवादीका त्रिलोकबहादुर चन्द, विवेकशील–साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी रहेका छन् । 

यस्तै , धरौटी जफत हुने प्रदेशसभा ‘क’ मा राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे रहेका मुख्य निर्वाचन अधिकृत गौतमले बताए । उनले भने, “कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानून बमोजिम उनीहरुको धरौटी जफत भएकोे छ ।” 

बैतडीमा एक लाख ३२ हजार ३१९ मतदाता रहेकामा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC