site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं । सरकारले गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई मासिक भत्ता दिने तयारी गरेको छ । मिर्गौलाको डायलसिस गराइरहेका, क्यान्सरको किमो लिइरहेका तथा स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ जीविकोपार्जन भत्ता दिने तयारी सुरु भएको हो । 

स्वास्थ्य मन्त्रालयले भत्ताको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ । मदिरा र सुर्तीजन्य पदार्थमा केही प्रतिशत स्वास्थ्य सुरक्षा कर लगाई त्यसबाट उठ्ने रकमबाट गम्भीर प्रकृतिका बिरामीलाई जीविकोपार्जन भत्ता दिने तयारी भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

क्यान्सर र मिर्गौलाका बिरामीको उपचार लामो समय गर्नुपर्ने र काम गर्न नसक्ने हुँदा सरकारले मासिक खर्च दिने तयारी गरेको स्वास्थ्य मन्त्रालयकी निमित्त सचिव डा. पुष्पा चौधरीले बताइन् । उनले भनिन्, “मन्त्रालयले प्रस्ताव तयार गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्छौं । मन्त्रालयले चालू आर्थिक वर्षमा यसका लागि ७८ करोड रुपैयाँ बजेटसमेत छुट्याइसकेको छ । 

मन्त्रालयका सहसचिव भोलामान श्रेष्ठका अनुसार क्यान्सरका बिरामीले किमो नसकिँदासम्म, मिर्गौलाका बिरामीले प्रत्यारोपण नगर्दासम्म र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीले जीवनभर मासिक ५ हजार जीविकोपार्जन भत्ता पाउनेछन् । “खर्चको व्यवस्थापन चुरोट तथा रक्सी बिक्रीमा थप कर लगाई गर्ने योजना छ,” उनले भने । 

Global Ime bank

विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत हालसम्म १ सय ४२ जनाले निःशुल्क मिर्गौला प्रत्यारोपण गराएका छन् भने ४ हजार १ सय ८२ जनाले निःशुल्क डायलासिस र ८८ जनाले पेरिटोलियल डायलासिस गराएका छन् । त्यस्तै, ८ हजार ६ सय ४३ क्यान्सरका बिरामीले उपचार सेवा लिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC