site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
प्रदेश ७ को राजधानी तराई कि पहाडमा ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनगढी । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै प्रदेश नम्बर ७ को राजधानी कहाँ वनाउने भन्ने चर्चा–परिचर्चा सुरु भएको छ । यसअघि सम्भावित राजधानीको रुपमा नाम आएका विभिन्न स्थानहरुलाई प्रदेश नम्बर ७ को राजधानी बनाउनुपर्ने बारेमा बहस भइरहेको छ । निर्वाचित सबै सांसदका प्रदेशको राजधानीबारे आ–आफ्नै अडान छन् । 

तराई क्षेत्रमा पर्ने कैलालीको धनगढी वा अत्तरीया, पहाडको डडेल्धुरा अथवा साविकको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायललाई राजधानी बनाउने विषयमा बहस थालिएको छ । पहाडी जिल्ला डडेल्धुरा तराई र पहाडी जिल्लाहरुको मध्यविन्दुमा पर्ने भएकोले अबको प्रदेशको राजधानी डडेल्धुरा बनाउनुपर्ने नेपाली कांग्रेसवाट डडेल्धुरामा विजयी प्रदेश सभाका सदस्य कर्ण मल्ल बताउँछन् । 
यसअघि सम्भावित राजधानी रहने स्थानमा डडेल्धुराको नाम थिएन । तर, प्रधानमन्त्री शेरबहादुर देउवा त्यहाँबाट निर्वाचित भएपछि नेपाली कांग्रेसले डडेल्धुरालाई राजधानी बनाउनुपर्ने आवाज उठाइरहेको छ । तर तराईका दुई जिल्लाका नेताहरु यसलाई मान्ने पक्षमा देखिँदैनन् । धनगढी वा अत्तरीया र यसको आसपासको क्षेत्र नै राजधानीका लागि उपयुक्त हुने कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका सदस्य नारदमुनि राना तर्क गर्छन् । 
प्रतिनिधि र प्रदेश सभाको निर्वाचनअघि नै उमेदवारहरुले राजधानीको मुद्दालाई निर्वाचनको एजेन्डा बनाएका थिए । अहिले त्यसलाई पूरा गर्ने दाउमा पनि विजयी नेताहरु लागिरहेका छन् । नेकपा एमालेले यसअघि नै प्रदेश नम्बर ७ को राजधानी अत्तरीया वनाउने निर्णय गरिसकेको छ । तर सोही पार्टीका नेता प्रेम आलेनगर भने प्रदेशको राजधानी दिपायल हुनुपर्ने बताउँछन् । 
हुन त प्रदेशको राजधानी र प्रदेशको नामाकरण प्रदेश सभाको पहिलो बैठकले गर्ने संवैधानिक व्यवस्था छ । तर पनि दलका नेता–कार्यकर्ता आ आफ्नो पायक पर्ने ठाउँमा प्रादेशिक केन्द्र पार्न शक्ति सञ्चय गर्न थालिसकेका छन् । सबै रुपमा लेखाजोखा गरेर राजधानी तोकिनुपर्ने कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य लेखराज भट्टले बताए । 
प्रादेशिक राजधानीका लागि कतिपय ठाउँमा आन्दोलन चलिसकेको छ भने कतिपय ठाउँका प्रभावशाली नेताहरुले भित्रभित्रै मिलाउँदैछन् । संघीय प्रदेशको राजधानी हुनु भनेको त्यस क्षेत्रको विकास, समृृद्धि र व्यापारमा ठूलो फड्को मार्नु भए पनि अब सबैलाई सहज हुने र विकास पनि हुने ठाउँ रोज्नुपर्ने विज्ञहरुको सुझाव छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC