site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
समानुपातिकतर्फ ४ प्रदेशमा एमाले, २ प्रदेशमा कांग्रेस पहिलो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदेश १ को समानुपातिकतर्फको मतगणना सकिएको छ । प्रदेश १ मा नेकपा एमालेले नै अग्रता लिएको छ । कुल सदर मत १६ लाख २५ हजार २४८ मध्ये नेकपा एमालेले ६ लाख ३५ हजार ३८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ५ लाख ३८ हजार ९९४ मत प्राप्त गरेको छ ।
त्यस्तै, माओवादी केन्द्रले १ लाख ९४ हजार २६८ मत प्राप्त गरेको छ । संघीय समाजवादी फोरमले ६५ हजार २४३ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५५ हजार ३६७ मत प्राप्त गरेको छ ।
प्रदेश नम्बर १ मा विवेकशील दलसहित साना दल गरी १ लाख ३५ हजार ९८८ मत प्राप्त गरेका छन् ।

प्रदेश २ मा कांग्रेस पहिलो
प्रदेश नम्बर २ मा भने कांग्रेस समानुपातिकतर्फ पहिलो भएको छ । हालसम्म गणना गरिएको १३ ला ६ हजार ९४४ मतमध्ये कांग्रेसले ३ लाख १६ हजार ६७० मत प्राप्त गरेको छ भने राष्ट्रिय जनता पार्टीले २ लाख  ६० हजार ४३५ मत प्राप्त गरी दोस्रो स्थान ओगटेको छ । तेस्रोमा संघीय समाजवादी फोरम नेपालले हालसम्म २ लाख  ४९ हजार ७८८ मत प्राप्त गरेको छ । देशभर पहिलो भएको एमाले २ नम्बर प्रदेशमा भने चौथोमा धकेलिएको छ । उसले २ लाख १७ हजार ३५७ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले १ लाख ४६ हजार १३७ मत ल्याएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश ३ मा विवकेशील साझा चौथो
प्रदेश नम्बर ३ मा पनि नेकपा एमाले नै पहिलो शक्ति बनेको छ । कुल १८ लाख ५३ हजार २७१ मत गन्दा एमाले ६ लाख ६५ हजार २४९ मतसहित पहिलो र नेपाली कांग्रेसले ५ लाख ४९ हजार ७०४ मत पाएको हो । माओवादी केन्द्रले ३ लाख १२ हजार ९७ मत पाउँदा चौथोमा रहेको विवेकशील साझा पार्टीले १ लाख ७१ हजार ३९ मत प्राप्त गरेको छ ।
३ नम्बर प्रदेशमा राप्रपाले ५८ हजार १६८ मत प्राप्त गरेको छ ।

४ नम्बरमा नयाँ शक्ति चौथो, पाँचौँ राजमो
४ नम्बर प्रदेशमा नेकपा एमालेले नै अग्रता कायम राखेको छ । ९ लाख ५६ हजार ८१९ मत गन्दा एमालेले ३ लाख ७३ हजार ५०१ मत प्राप्त गरेको छ । त्यस्तै कांग्रेसले ३ लाख ६४ हजार ७९७, माओवादी केन्द्रले १ लाख १९ हजार ५२८ र नयाँ शक्ति पार्टी नेपालले २४ हजार ६२५ मत प्राप्त गरेको छ ।

Global Ime bank

प्रदेश ५ मा कांग्रेको अग्रता
५ नम्बर प्रदेशमा प्रत्यक्षतर्फ ५२ स्थानमध्ये ५ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा भने पहिलो भएको छ ।  कुल १५ लाख १ हजार ४६५ मत गणना हुँदा कांग्रेसले ५ लाख १ हजार १७२ र एमालेले ४ लाख ९७ हजार ०७७ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले भने २ लाख २३ हजार ११६ मत पाएको छ । यहाँ चौथोमा संघीय समाजवादी फोरम आएको छ । उसले ७५ हजार ७९८ र पाँचौँमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ५२ हजार ९२३ मत प्राप्त गरेको छ ।

प्रदेशमा ६ मा राप्रपा चौथो
०७० को संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ मनग्ये मत बटुलेको कमल थापा नेतृत्वको राप्रपा यसपटक खुम्चिन पुगेको छ । उसले कुनै प्रदेशमा राम्रो मत प्राप्त गर्न सकेन । प्रदेश ६ मा ४ लाख १९ हजार ४२४ मत गणना हुँदा एमालेले १ लाख ४४ हजार ९९६, कांग्रेसले १ लाख ३७ हजार १५३, माओवादी केन्द्रले १ लाख २२५ मत प्राप्त गरेका छन् । चौथोमा रहेको राप्रपाले १२ हजार ७७१ र पाँचौँमा भक्तपुर बाहिर पनि नारायणमान विजुक्छे नेतृत्वको नेमकिपाले अस्तित्व देखाएको छ । नेमकिपाले ७ हजार ६३ मत प्राप्त गरेको छ ।

सात नम्बर प्रदेशमा कांग्रेस अगाडि
सात नम्बर प्रदेशमा कांग्रेस अगाडि देखिएको छ । ७ लाख ६६ हजार ८०९ मत गणना गर्दा कांग्रैसले २ लाख ८६ हजार ९९८, एमालेले २ लाख ५५ हजार १२९, माओवादी केन्द्रले १ लाख ३७ हजार ७२४ मत प्राप्त गरेको छ । सात नम्बर प्रदेशमा राजपा चौथो शक्ति बनेको छ, समानुपातिकतर्फ । त्यसो त उसले प्रत्यक्षतर्फ कैलाली– १ मा विजयी हासिलसमेत गरेको छ । उसले ३३ हजार ४०२ मत प्राप्त गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC