देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । महानगरपालिकाबाट सम्मानित हुनेमा व्यक्तिगततर्फ वडा नम्बर २ कि सुशीलादेवी बस्नेत छिन् भने संस्थागततर्फ हिमालयन बैंक रहेको छ ।
कार्यक्रममा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको मौलिक परिचय जोगाउँदै आधुनिक सहर निर्माणका लागि सबै नगरबासी एकजुट भएर लाग्नुपर्ने बताए ।
यसैगरी महानगर उपप्रमुख हरिप्रभा खड्गीले महानगरमा जनप्रतिनिधि आइसकेकाले नगरबासीका अपेक्षाहरु पूरा गरिँदै लगिने बताइन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४ १२:१०
प्रतिक्रिया दिनुहोस्