site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालका मझौला उद्योगमा लगानी गर्न जर्मनी इच्छुक
Ghorahi CementGhorahi Cement

काठमाडौं । संघीय गणतन्त्र जर्मनी नेपालमा रहेका मझौला उद्योगमा लगानी गर्न इच्छुक देखिएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारी र जर्मनीका राजदूतबीचको भेटवार्तामा राजदूत रोलाण्ड शेफरले नेपालको मझौला उद्योगमा लगानीको सम्भाव्यता यथेष्ट भएकोले सो क्षेत्रमा जर्मनी लगानीकर्ताहरु लगानी गर्न इच्छुक रहेको  धारणा व्यक्त गरेका छन् ।
परिसंघका पदाधिकारीहरुसँग बिहीबार संघकै कार्यकक्षमा भएको भेटवार्तामा राजदूत शेफरले जर्मनी लगानीकर्ताहरुले गर्न सक्ने लगानीको बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै उनले नेपालमा हालै शान्तिपूर्ण सम्पन्न निर्वाचनसँगै आर्थिक विकासको सम्भावना र विश्वासकोे वातावरण सिर्जना भएको आफूले पाएको बताए । “जर्मन सरकार द्विपक्षीय लगानी र सिपमूलक तालिमको क्षेत्रमा निजी क्षेत्रले सञ्चालन गर्ने कार्यक्रममा सहयोग गर्न तयार छ,” उनले भने ।

Agni Group

पर्यटन विकास, जर्मनी लगानीकर्ताहरुको नियमित भ्रमण तथा  नेपालको निजी क्षेत्रसँग सम्बन्धित आर्थिक नीति सुधारमा समेत विशेषज्ञको सहयोग गर्न जर्मन सरकार तयार रहेको उनको भनाइ थियो ।

भेटमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा आगामी दिनमा सरकार एवं राजनीतिक दलहरुले आर्थिक विकासलाई प्रमुख एजेण्डा र प्राथमिकतामा राखेको बारेमा राजदूतलाई प्रकाश पारेका थिए । त्यस्तै उनले प्रविधिको क्षेत्रमा विशेषज्ञता भएको जर्मनीले नेपालको निजी क्षेत्रलाई सहयोग उपलब्ध गराउन सक्ने सम्भावना प्रशस्त रहेको जनाए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC