site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
ओली–दाहाल भेटवार्ता, कांग्रेससँग ‘मुकाविला’ गर्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । कामचलाउ सरकारले विभिन्न नियुक्ति गरेर सरकार गठनमा कानुनी बखेडा झिकेको भन्दै एमाले र माओवादी केन्द्र रणनीतिक योजना बनाउन छलफलमा जुटेका छन् ।

शुक्रबार राजधानीमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच डेढ घन्टा लामो भेटवार्तामा कांग्रेससँग ‘मुकाविला’ गरेर जाने भन्ने विषयमा छलफल केन्द्रित भएको अध्यक्ष ओलीका प्रेश संयोजक चेतन अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“कामचलाउ सरकारले विभिन्न ठाउँमा नियुक्ति, जथाभावी निर्णय गरेको र सरकार गठनका विषयमा पनि विभिन्न कानुनी बखेडा झिकेको विषयलाई कसरी मुकाविला गर्नेबारे छलफल केन्द्रित भयो । यस विषयमा अर्को बैठक बसेर रणनीति तय गर्ने निष्कर्षमा दुवै अध्यक्ष पुग्नुभएको छ,” उनले बैठकबारे जानकारी दिए ।

त्यस्तै दुवै अध्यक्षले सरकार गठनका विषयमा कानुनी बखेडा नझिक्न र जथाभावी नियुक्ति नगर्न सरकालाईलाई चेतावनीसमेत दिएको उनको भनाइ थियो ।

Global Ime bank

एकता विरोधी कुरा नगर्न कार्यकर्तालाई निर्देशन

निर्वाचन लगत्तै पार्टी एकताको प्रक्रिया अघि बढिरहेकाले एकता विरोधी गतिविधि नगर्न दुवै अध्यक्षले बैठकमार्फत कार्यकर्तालाई निर्देशन दिएका छन् । “दुवै पार्टी वामपन्थी एकताको दिशामा अघि बढिरहेको छ । यस्तो अवस्थामा दुवै पार्टीका कार्यकर्तालाई एकता विरोधी कुरा नगर्न र गतिविधि नगर्न निर्देशन दिन्छौं,” अध्यक्ष ओली र अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै संयोजक अधिकारीले भने ।

सरकार गठनका विषयमा थप गृहकार्य गरेर अब बस्ने बैठकले त्यसलाई टुंग्याउने भनाई अधिकारीको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC