site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसेज सिरिजको तेस्रो टेष्ट क्रिकेट खेलमा अष्ट्रेलिया बलियो
Ghorahi CementGhorahi Cement

एजेन्सी । एसेज सिरिजको तेस्रो टेष्ट क्रिकेट खेलमा अष्ट्रेलिया बलियो स्थितिमा पुगेको छ । दोस्रो दिन आफ्नो पहिलो इनिङ्स थालेको अष्ट्रेलियाले ३ विकेटको क्षतिमा २०३ रन बनाएको छ ।

डब्लुएसीए मैदानमा जारी तेस्रो टेष्टको दोस्रो दिनको समाप्तिसँगै अष्ट्रेलिया बलियो स्थितिमा पुगेको हो । यद्यपि इंग्ल्याण्ड अझै २०० रनले अघि रहेको छ । अष्ट्रेलियाका लागि कप्तान स्टेभन स्मिथले ९२ रन बनाएका छन् । उनी अझै क्रिजमा छन् । 

Agni Group

अष्ट्रेलियाका लागि उस्मन खावजाले ५० रन बनाएर आउट भए । त्यस्तै, अष्ट्रेलियाका लागि क्यामेरोन बेंक्रोफ्टले २५ तथा डेभिड वार्नरले २२ रन बनाए । साउन मार्स ७ रनमा अविजित छन् । अष्ट्रेलियाले तेस्रो दिन शनिबार यहि ३ विकेटको क्षतिमा २०३ रनको स्थितिबाट ब्याटिङ गर्ने छ । 

इंग्ल्याण्डका लागि क्रैग ओभरटनले २ विकेट लिएका छन् ।

Global Ime bank

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ४०३ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डका लागि दुई खेलाडीले शतक प्रहार गरेका थिए । डविड मलनले १४० रन बनाएका थिए । त्यस्तै, जोन्नी बैस्र्टौले ११९ रन बनाएका थिए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC