site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले फाइनल प्रवेशको लागि भोलि मलेसियाको सामना गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । उपाधि रक्षा गर्ने लक्ष्यसहित थाइल्याण्ड प्रस्थान गरेको नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा शनिबार विहान हुने खेलमा नेपाल जित हात पार्दै फाइनलमा प्रवेश गर्ने दाउमा छ । नेपाली टिम प्रतियोगिताकै बलियो टिम गनिन्छ । डिफेन्डिङ च्याम्पियन नेपालले जारी प्रतियोगितामा कुनै पनि खेल हारेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो । समूह चरणको आफ्नो अन्तिम तथा तेस्रो खेलमा थाइल्याण्डलाई ३३७ रनले पराजित गर्दै नेपाल सेमिफाइनल पुगेको हो ।

थाइल्याण्डलाई पराजित गर्ने क्रममा नेपालका कप्तान रित गौतमले शतक प्रहार गरेका थिए । निर्धारित ३५ ओभरमा ३५० रनको विशाल योगफल तयार पारेको नेपालका लागि रितले नटआउट १०६ रन बनाएका थिए । त्यस्तै नेपालका अन्य दुई खेलाडीले अर्धशतक प्रहार गरेका थिए । नेपालका तृतराज दासले ६४ र प्रतिश जिसीले नटआउट ६३ रन बनाएका थिए । 

Global Ime bank

यता, मलेसिया भने समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाले आफ्नो तीन खेलमा दुईमा जित र एक खेलमा हार ब्यहोर्दै सेमिफाइनल प्रवेश गरेको हो । मलेसियाले भुटानलाई १७१ रनले र चीनलाई ४ विकेटले पराजित गरेको थियो भने सिंगापुरसँग भने २९ रनले पराजित भएको थियो ।
दोस्रो सेमिफाइनलमा शनिबार नै हङकङले सिंगापुरको सामना गर्दै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC