site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएफए अत्तरीया र फारवेष्ट अत्तरिया दोस्रो चरणमा प्रवेश 
Sarbottam CementSarbottam Cement

धनगढी । पीएफए अत्तरीया र फारवेष्ट अत्तरिया स्पोर्टस एकेडेमी धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबलको दोस्रो चरणमा प्रवेश गरेका छन्  ।

धनगढी रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा मनकामना युवा क्लव जुगेडालाई पराजित गर्दै पीएफए अत्तरीया क्वाटरफाईनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा अत्तरीयाले मनकामनालाई २–० ले पराजित गरेको हो  । विदेशी खेलाडी सहित मैदान उत्रिएको पिएफएले पहिलो हाफको सुरुवातमै दुई गोल गर्दै जित हात पारेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पीएफएका लागि पहिलो हाफको १३ औं मिनेटमा विशाल राईले गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको २५ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा  २– ० ले अघि रहेको अत्तरियाले दोस्रो हाफमा थप गोल गर्न सकेन । यस्तै मनकामनाले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेपछि गोल फर्काउन नसक्दा पराजित हुन् पुग्यो ।

यस्तै  फारवेष्ट अत्तरीया स्पोर्टस एकेडेमीले भने विपक्षी टोली अनुपस्थित भएपछि वाई पाएर अन्तिम आठ स्थान बनायो ।  सशस्त्र प्रहरी वल अनुपस्थित भएपछि स्पोर्टस एकेडेमी वाई पाएर दोस्रो चरणमा प्रवेश गरेको हो ।

Global Ime bank

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले १ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको  विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीले समान १०र१० हजार नगद पुरस्कार पाउने छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC