site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन ट्राभल मार्ट तथा इन्टरनेसनल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्स–२०१८ नेपालमा आयोजना हुने भएको छ ।  प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरको ४१ औं साधारणसभनले उक्त सम्मेलन नेपालमा गर्ने निर्णय गरेको हो । साधारणसभाले पाटा नेपालको पोखरा च्याप्टर स्थापना गर्ने निर्णय गर्दै सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्राउने ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक गरेको छ । 

पाटाले संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहस्राब्दी विकास लक्ष्यअनुरूप सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउने भएको छ । यो लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सरोकारवाला व्यक्ति, संघसंस्था तथा महत्वपूर्ण निकायहरुसंग आवश्यक वार्ता, समन्वय र सहकार्य गरी आवश्यक पूर्वाधार निर्माण, नितीगत सुधार, प्रचारप्रसार, सेवा अभिवृद्धि, जनशक्ति निमार्ण लगायत आवश्यक कार्यका लागि उत्प्रेरक तथा सहयोगीका रुपमा पहल गर्ने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालमा पर्यटक भित्राउन निजी क्षेत्र र सरकारको समन्यमा प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिए । उनले सरकारले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै विश्वमा प्रचार प्रसार गरेको खण्डमा नेपालको पर्यटन उद्योगको भविष्य उज्जल रहेको बताए । 
सरकारले पूर्वाधार निर्माणमा गती दिन सके र विकल्पको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए सँगै नेपालको पर्यटन क्षेत्रमा गति प्रदान गर्ने न्यौपानेको भनाए छ । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले साधनस्रोतको उचित सदुपयोग गरेर आर्थिक उन्नतीमन लनगि नेपालमा  पर्यटक भित्र्याउनु पर्ने बताए । । 
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले  सबैको सहकार्य रहे पर्यटनले गती लिने विश्वास व्यक्त गरे । 

Global Ime bank

पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले सरकारले पूर्वाधार विकासमा जोड दिएर विश्वमा नेपाल बारे सकरात्मक सन्देश प्रवाह गर्ने समय आएको बताए ।   
पाटाको ४१ औँ साधारणसभाले पर्यटन व्यवसायी सुनील शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पाटाको निर्वतमान अध्यक्षमा सुमन पाण्डे, प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका सीईओ दीपकजोशी, उपाध्यक्षमा नेपाल वायुसेवा निगमका ‘कर्पोरेट’ निर्देशक जनकराज कालाखेती, महासचिवमा विभूतिचन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल निर्विरोध निर्वाचित गरेको छ  । नवनियुक्त अध्यक्ष शाक्यले अव आउने  स्थाई सरकारले पर्यटन मैत्री बाताबरण बनाएर पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । 

कार्यसमितिमा ४ वटा पदेन सदस्यमा क्रमशः रविन्द« क्षेष्ठ (नेपाल वायुसेवा निगम), कृष्ण लम्साल (पर्यटन विभाग), सुभाष झा (नागरिक उड्यन प्राधिकरण) र श्रद्धा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) का साथै ७ सदस्यहरु क्रमशः सन्जय भक्त माथेमा (एस.डी.यु ट्राभल), विनय शाक्य  (त्रिपिटक होलिडेज) अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स) खेम लकाई (गेट कलेज) टिका राम सापकोटा (नेपाल भ्याकेसन) टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स) र अभिषेक विक्रम शााह (चन्दगिरी हिल्स) रहेका छन ।  पाटा नेपालले ७ सदस्यीय बैकल्पिक समिति तथा ११ सदस्यीय यूथफोरम समेत चयन गरेको छ ।

सकारात्मक सोचका अभियानता कर्ण शाक्य लाई उहाँले निरन्तर रुपमा पर्यटन क्षेत्रमा पुर्याएको अतुलनीय योगदान तथा उनको समाजिक कार्यमा सहयोग गरेको भन्दै “पाटा पर्सनालिटी अफ द इयर–२०१७” अवार्डद्वारा सम्मान गरिएको छ । 

यस्तै पाटा नेपालले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमा स्थापित स्टुडेन्ट च्याप्टरहरु मध्ये नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम कलेजलाई “बेष्ट स्टुडेन्ट च्याप्टर अफ द एयर २०१७” पुरस्कार समेत प्रदान गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC