site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यू–१५ महिला टोली बंगलादेश प्रस्थान
Sarbottam CementSarbottam Cement

काठमाडौं । बंगलादेशमा हुने साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली महिला टोली शुक्रबार बंगलादेश प्रस्थान गरेको छ । आइतबारबाट सुरु हुने च्याम्पियनसिपको लागि नेपाली टोली शुक्रबार अपरान्ह बंगलादेशतर्फ प्रस्थान गरेको हो  ।

च्याम्पियनसिपको लागि २३ खेलाडी, प्रशिक्षक र पदाधिकारीसहितको ३५ सदसिय नेपाली टोलि बंगलादेशको ढाका प्रस्थान गरेको हो  ।  प्रतियोगिताको लागि जाने नेपाली टोलीलाई शुक्रबार नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान रहेका छ । लिग चरणमा चारै टोलीले एक अर्कासँग खेल्ने छ । र, शिर्ष दुई टोलिले उपाधिका लागि खेल्ने छ । फाइनल खेल पुस ९ गते हुने छ ।

च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आइतबार आयोजक बंगलादेशसँग खेल्ने छ । नेपाल र बंगलादेशबिचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समयअनुसार दिउसो २ः४५ मा सुरु हुने छ । त्यसअघि उद्घाटन खेलमा भारत र भुटानबीच खेल हुने छ ।

Global Ime bank

च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले मंगलबार भारतसँग खेल्ने छ । त्यस्तै नेपाले अन्तिम खेलमा भुटानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली :
करिना दाहाल
बितिषा राजवंशी
पुष्पा गुरुङ
सरिश्मा थापा
मन माया बिक
सुष्मा राई
सुरक्षा सिंह
सरस्वती हमाल
प्रिति राई
अस्मिता चौधरी
मुना मगर
निकिता थोकर
सबिता राना मगर
सुष्मा जिटी
अन्जली चन्द
अस्मिता रनपाल
निखिता धमला
सुप्रिया रजक
रिया बानु
अस्मिता गुरुङ
झरना नगरकोटी
मुख्य प्रशिक्षक – गंगा गुरुङ
प्रशिक्षक – पारस चौधरी
गोलकिपर प्रशिक्षक – विनोद महर्जन

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC