site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतलार्इ ६५ रनले पराजित गर्दै नेपाल फाइनलमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रथम अन्तर्रााष्ट्रिय ह्विल चेयर त्रिकोणीय टि– ट्वान्टी क्रिकेट सिरिज फाइनलमा नेपाल प्रवेश गरेको छ । भारतलाई ६५ रनले पारजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

टियु मैदानमा शुक्रबार भएको खेलमा भारतमाथि नेपालले सहज जित निकाल्यो । १५२ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको भारतले निर्धारित १४ ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । खेल १४ ओभरमा छोट्याइएको थियो ।

Agni Group

भारतका लागि सौरभ मालिकले २५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । नेपालका लागि यम बहादुर श्रेष्ठ र विष्णु अधिकारीले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १४ ओभरमा ४ विकेटको क्षतिमा १५१ रन बनाएको थियो । नेपालका लागि नविन राईले ५० रन बनाउदै अर्धशतक प्रहार गरे । त्यस्तै, नेपालका लागि विपिन पौड्यालले नटआउट २५ रन बनाए ।

सिरिजको उपाधिका लागि अब फाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । आजै भएको खेलमा भारतलाई नै पराजित गर्दै बंगालदेश पनि फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार दिउँसो १२ बजे टियु मैदानमा हुनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC