site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाले सरकार छाड्नुपर्छ : रावल
Sarbottam CementSarbottam Cement

धनगढी । एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई यथाशीघ्र सरकार छाड्न आग्रह गरेका छन । 

नेकपा एमाले कैलालीले धनगढीमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले देउवाले सरकारबाट राजीनामा गर्न ढिलो गरिरहेको बताउँदै तत्काल सरकार छोड्न आग्रह गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“सरकार छोड्न अब ढिलो गर्नु हुँदैन,” उनले भने, “प्रधानमन्त्री देउवाजी सरकार चाँडो छोड्नूहोस्, धनगढीवाट म यही आग्रह गर्न चाहन्छु ।” 

नयाँ जनादेश आइसकेको अवस्थामा सरकार छाड्नुको साटो प्रधानमन्त्रीले नयाँनयाँ निर्णय गर्न खोजेको भन्दै रावलले विरोध गरे । काम चलाउ सरकारले नयाँ निर्णय नगर्न समेत आग्रह गरे । 

Global Ime bank

नयाँ सरकार निर्माणा र पार्टी एकीकरणको काम सँगसगै अघि बढ्ने बताउँदै रावलले नयाँ सरकार निमार्णको कसरत सुरु भइसकेको बताए ।

माओवादी केन्द्रसँग पार्टी एकिकरण र सरकार निमार्णको काम सँगसँगै अघि बढ्ने बताएका रावलले कांग्रेस नेता कार्यकर्तालाई एकीकरणका बिषयमा अनावश्यक टिप्पणी नगर्न सुझाव दिए । 

सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता लेखराज भट्टले अब माओवादी केन्द्र र एमालेबीचको एकता रोकेर नरोकिने दाबी  गरे । एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले र माओवादी केन्द्रबाट विजयी भएका नेताहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC