site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चितवनमा ७७ उम्मेदवारको जमानत जफत 
Sarbottam CementSarbottam Cement

चितवन । चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा साना दलका उम्मेदवारहरुको जमानत जफत भएको छ । 

चितवनको तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा गरी जम्मा ९ क्षेत्रमा प्रत्यक्षतर्फ ९५ जना उम्मेदवार थिए । ९५ उम्मेदवारमध्ये १८ कोमात्रै जमानत जोगिएको छ । ७७ जना उम्मेदवारको जमानत जफत भएको छ । 

सबै साना दलका उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र रुपमा उम्मेदवार बनेका सबैको जमानत जफत भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबाहेक बाँकी सबैको जमानत जफत भएको हो । क्षेत्र नं १ का निर्वाचन अधिकृत रामेश्वर पराजुलीका अनुसार विजयी उम्मेदवार र निकटतम प्रतिद्वन्द्वीबाहेक सबैको जमानत जफत भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । 

चितवन क्षेत्र नं १ मा प्रतिनिधि र प्रदेशसभा गरी ३३ जना उम्मेदवार थिए । ३३ जनामा ६ जनाले मात्र जमानत जोगाएका छन् । २९ जनाको जमानत जफत भएको छ । जमानत जोगाउने भनेका विजयी उम्मेदवार (वाम गठबन्धन) र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारमात्रै हुन् । 

Global Ime bank

चितवनको तीन वटा क्षेत्रमा विवेकशील साझा, नयाँ शक्ति, राजपा, जनमोर्चा, देजमो, नेमकिपा, संघीय समाजवादी, मंगल नेशनल अर्गनाइजेसनलगायतका साना दलको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जमानत जफतमा पर्नेहरुमा स्वतन्त्र उम्मेदवार पनि छन् । कुनै पनि स्वतन्त्र उम्मेदवारको एक हजार मत कटेको छैन । 

चितवन क्षेत्र नं २ मा प्रतिनिधि र प्रदेशसभातर्फ ३४ जना उम्मेदवार थिए । यहाँ पनि ६ जनाले जमानत जोगाएका छन् । २८ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधितर्फ १५ जना, प्रदेश १ मा ९ जना र प्रदेश २ मा १० जना उम्मेदवार थिए ।

क्षेत्र नम्बर २ मा पनि साना दलका उम्मेदवारको नै जमानत जफत भएको छ । सदर मतको १० प्रतिशत मत नल्याउनेहरु २८ जना सबैको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी, चितवन क्षेत्र नं ३ मा पनि २२ जना उम्मेदवारको जमानत जफत भएको छ । क्षेत्र ३ मा २८ जना उम्मेदवार थिए । क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत शम्भु रेग्मीका अनुसार यस क्षेत्रमा प्रतिनिधितर्फ १४ जना, प्रदेश ३ (क) मा ७ जना र प्रदेश ३ (ख)मा पनि ७ जना उम्मेदवार थिए । यहाँ पनि साना दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फका उम्मेदवारहरुले चितवन क्षेत्र नं १ मा कूल सदर मतको १० प्रतिशत अर्थात् आठ हजार ९००, क्षेत्र नं २ मा ७ हजार र क्षेत्र नं तीनमा ९ हजार ५०० मत कटाउनुपर्ने थियो ।  यस्तै, चितवनका ६ वटै प्रदेशसभामा उम्मेदवारले ४ हजारभन्दा बढी मत ल्याउनु जरूरी थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC