site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चितवनमा एमाले पहिलो, ५२ हजार मत बदर
Sarbottam CementSarbottam Cement

चितवन । चितवनमा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ६ वटा क्षेत्रको समानुपातिकको मत परिणाम सार्वजनिक भएको छ । प्रत्यक्षतर्फ सबै क्षेत्रमा वाम गठबन्धन विजयी भएको थियो । सबै क्षेत्रका निकटतम प्रतिस्पर्धी कांग्रेस रहेको थियो ।

समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ । नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएको छ भने विवेकशील साझा पार्टीले चौथो स्थान सुरक्षित गरेको छ । प्रत्यक्षबाट प्रतिनिधिसभामा एमालेका दुई र माओवादी केन्द्रबाट एक उम्मेदवार विजयी भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समानुपातिकमा एमालेले प्रतिनिधिसभातर्फ ९१ हजार ५०४ मत ल्याएर जिल्लामा पहिलो दल बन्न सफल भएको छ । प्रदेशसभातर्फ ८७ हजार ४१३ मत प्राप्त गरेको छ । दोस्रो दल बनेको नेपाली काँग्रेसले समानुपातिकको प्रतिनिधिसभातर्फ ७९ हजार ५४४ मत ल्याएको छ । प्रदेशसभातर्फ ७५ हजार ३६० मत प्राप्त गरेको छ ।

यसैगरी, तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । उसले प्रतिनिधिसभातर्फ ३९ हजार ८१३ मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ ४० हजार ६८७ मत ल्याएको छ ।

Global Ime bank

विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ ९ हजार ५२० मत ल्याएको छ । प्रदेशसभातर्फ ९ हजार २५२ मत प्राप्त गरेको छ ।

चितवनमा पाँचौ दलको रुपमा राप्रपा (प्रजातान्त्रिक) आएको छ । राप्रपा (प्रजातान्त्रिक)ले ६ हजार ३६१ मत ल्याएको छ । प्रदेशतर्फ ६ हजार ९ सय मत ल्याएको छ ।

चितवनको ३ प्रतिनिधि र ६ प्रदेशसभाको निर्वाचनमा ५२ हजार ४२२ मत बदर भएको छ । समानुपातिकको प्रदेशसभातर्फ मात्र जिल्लाभरि २४ हजार १०७ मद बदर भएको थियो । समानुपातिकको प्रतिनिधिसभातर्फ १५ हजार ३९० मत बदर भएको छ ।

प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेशसभातर्फ २८ हजार ३१५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC