site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । ढाकास्थित नेपाली राजदूतावास र बांगला माउन्टेनरिङ एण्ड ट्रेकिङ क्लबको संयुक्त आयोजनामा शुक्रबार ढाकामा तराई– पहाड–पर्वत विषयक तस्बिर प्रदर्शनी आयोजना गरियो । 

बंगालदेशका लागि नेपाली राजदूत डा चोपलाल भुषाल र त्यहाँका प्रसिद्ध कलाकार कनकचम्पा चक्माले प्रदर्शनीको संयुक्तरुपमा शुभारम्भ गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । 

Agni Group

जलवायु परिवर्तनको जोखिममा रहेको दक्षिण एशियालाई त्यसका नकारात्मक असरबाट जोगाउन सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त प्रदर्शनीमा राजदूत भुषालले प्रकृति माताले दिएका स्रोतसाधन भावी पुस्ताका लागि जोगाउनुपर्नेमा जोड दिएका छन् ।  

उक्त दूतावासका अनुसार सगरमाथासहित पाँचवटा उच्च हिमाल आरोहणका क्रममा १३ जना बंगालादेशी पर्वतारोहीले खिचेका तस्बिर प्रदर्शनीमा समावेश गरिएको छ । प्रदर्शनी भोली आइतबारसम्म जारी रहनेछ । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १, २०७४  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC