मुलुक आर्थिक समृद्घितर्फ अघि बढ्छ : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको मुख्य एजेन्डा आर्थिक समृद्घि र विकास रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँगको भेटमा ओलीले स्वदेशमै रोजगारी सिर्जना गर्नेप्रति दल केन्द्रीत रहेको बताए । 

महासंघका अनुसार घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित उद्यमशीलता गर्न युवा वर्गलाई आकर्षित गर्ने ओलीले प्रतिवद्धता जनाएका छन् । सो अवसरमा उनले देशलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याएको बताइएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु रहको सम्बन्धमा अध्यक्ष ओलीलाई प्रकाश पारेका थिए । 
 

प्रतिकृया दिनुहोस