site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भृकुटीमण्डपमा टिभीएसको मेगा एक्सचेन्ज मेला सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयदेखि नेपाली बजारमा आफ्ना विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु बिक्रीवितरण गर्दै आएको जगदम्बा मोटर्स अन्तर्गतको टिभीएसले आफ्ना ग्राहकहरुलाई थप सुविधाका साथ आवश्यकताहरु पूर्ति गर्ने उद्देश्यले आज (आइतबार) देखि पुस ६ गतेसम्म मेघा एक्सचेन्ज मेला आयोजना गरेको छ ।

५ दिनसम्म चल्ने उक्त मेगा एक्सचेन्ज मेलामा कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग टिभीएस कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिनेछ । हाल नेपालमा विक्री हुँदै आएका अन्य २ पांग्रे सवारी साधनमध्ये टिभीएस कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटरहरु उपलब्ध छन् । उक्त मेगा एक्सचेन्ज मेला विगतमा पनि हुँदै आएको र भविष्यमा पनि निरन्तर चलिरहने कम्पनीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

देशको अन्य सहरहरुमा पनि चलिरहेको उक्त मेलामा जस्तोसुकै कन्डिसनको मोटरसाइकल पनि एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । एक्सचेन्जमा १० हजारदेखि १ लाख सम्मको स्योर सट क्यास छुटको अवसर प्रदान गरिनुका साथै थप मूल्याङ्कनको पनि व्यवस्था गरिएको छ ।

मेलालाई थप आकर्षक, मनोरन्जनात्मक र सुविधा सम्पन्न बनाउन बाइक स्टन्ट, फ्रि बाइक चेक अप, फेस पेन्टिङ्ग, हेल्मेट अनि एसेसोरिज स्टल र विभिन्न खेलहरु प्रदर्शन गरिनेछ । मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्नको लागि मेगा एक्सचेन्ज मेलामै तुरुन्त फाइनान्सको सुबिधा रहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC