site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इपिएल क्रिकेट भोलिदेखि, उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट भोलि (सोमबार) देखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सले काठमाडौं किंग्स इलाभेनसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको उद्घाटनपछि ११ बजे पहिलो खेल हुनेछ । दुवै टिम जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छन् । ललितपुर प्याट्रिएट्सका कप्तान ज्ञानेन्द्र मल्लले तयारी राम्रो भएको भन्दै प्रतियोगितामा नतिजा पनि राम्रो ल्याउने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

कप्तान मल्लले भने, “तयारी राम्रै छ । राष्ट्रिय टिम युएई विरुद्धको खेलका लागि निकै व्यस्त भएकोले लामो समय अभ्यास गर्न पाएनौं । तर, चार–पाँच दिनको समयमा राम्रो तयारी गरेका छाैं । हाम्रो सबल पक्ष नै टिम सन्तुलित हो । राम्रो छ काठमाडौं किंग्स तर हामी जितको लागि खेल्नेछौं । प्रतियोगिताको सुरुवात जितसँगै गर्न चाहन्छौं तर सजिलो भने छैन ।”

काठमाडौं किंग्स इलाभेनका कप्तान परवेज महारुफले आफ्नो टिम च्याम्पियन बन्ने दाबी गरे । कप्तान महारुफले भने, “नेपाल पहिलो पटक आएको हुँ, काठमाडौं किंग्स इलाभेनले कप्तानको भूमिका मलाई दिएको छ । टिम निकै बलियो छ । युवा जोस टिममा छ । प्रतियोगिताको उपाधि जित्ने हाम्रो लक्ष्य हो । पहिलो खेलमा नै ललितपुरलाई पराजित गर्दै सुखद सुरुवात गर्नेछाैं ।”

Global Ime bank

यसैबीच इपिएल क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । आयोजक इपिएलले काठमाडौंमा आइतबार ट्रफी सार्वजनिक गरेको हो ।

लिगमा ६ वटा क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगमा काठमाडौं किंस इलाभेन, ललितपुर पेट्रिएट्स, चितवन टाइगर, विराटनगर वारियर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स रहेका छन् । 

इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख पुरस्कार प्राप्त गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC