site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसेज सिरिजः अष्ट्रेलिया जिततर्फ
Ghorahi CementGhorahi Cement

एजेन्सी । एसेज सिरिजको तेस्रो टेष्ट क्रिकेट खेलमा अष्ट्रेलिया जित नजिक पुगेको छ । चौथो दिनको समाप्तिसँगै इंग्ल्याण्ड ६ विकेटको क्षतिमा १३२ रन छ । 

दोस्रो इनिङ्समा इंग्ल्याण्डले खराब प्रदर्शन गरेसँगै अष्ट्रेलिया जित नजिक पुगेको हो । आफ्नो दोस्रो इनिङ्समा निकै कमजोर देखिएको इंग्ल्याण्ड अष्ट्रेलियासँग १२७ रनले पछि छ । इंग्ल्याण्डसँग ६ विकेट मात्र छ । 

Agni Group

इंग्ल्याण्डका लागि क्रिजमा डविड मलन र जोन्नी बैस्र्टौ छन् । मलन २८ रनमा जोन्नी १४ रनमा अविजित छन् । इंग्ल्याण्डका लागि जेम्स भिन्सले ५५ रन बनाए । तेस्रो टेष्ट खेलको अन्तिम दिन इंग्ल्याण्डले ४ विकेटको क्षतिमा १३२ रनको स्थितिदेखि नै ब्याटिङ थाल्नेछ ।

अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा ९ विकेटको क्षतिमा ६६२ रनको विशाल स्कोर बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । अष्ट्रेलियाका लागि कप्तान स्टेभन स्मिथले दोहोरो शतक प्रहार गरेका थिए । कप्तान स्मिथले ३० चौका र एक छक्का प्रहार गर्दै २३९ रन बनाएका थिए । त्यस्तै, अष्ट्रेलियाका अर्का खेलाडी मिचेल मार्सले पनि शतक प्रहार गरेका थिए । उनले १८१ रनको योगदान दिएका थिए ।

Global Ime bank

डब्लुएसीए मैदानमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ४०३ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डका लागि दुई खेलाडीले शतक प्रहार गरेका थिए । डविड मलनले १४० रन बनाएका थिए । त्यस्तै, जोन्नी बैस्र्टौले ११९ रन बनाएका थिए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC