site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल आर्मी च्याम्पियन
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल आर्मी आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा आइतबार आर्मी महिला र पुरुष दुवैको सिनियरतर्फ च्याम्पियन भएको थियो ।

नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दुतावासको आयोजनामा भएको च्याम्पियनसिपमा आर्मीले महिलातर्फ ४ स्वर्ण, २ रजत र ६ कांस्य पदक जित्दा पुरुषमा ५ स्वर्ण, २ रजत ६ कांस्य पदक हात पार्न सफल भयो ।  पुरुषमा नेपाल पुलिसले ३ स्वर्ण, १ रजत तथा शसस्त्र प्रहरी बलको एपिएफ क्लबले १ स्वर्ण, ३ रजत र ३ कांस्य पदक हात जित्दै क्रमशः टिम दोस्रो र तेस्रो भयो । महिला पनि पुलिसले ३ स्वर्ण, १ रजत र २ कांस्य पदक जित्दै टिम दोस्रो हुन सफल भयो । तेस्रो भएको कोटेश्वरले २ रजत पदक मात्र जितेको थियो ।

Agni Group

जुनियरतर्फ महिलामा आर्मीले ३ स्वर्ण र २ रजत तथा पुरुषमा कोटेश्वरले ३ स्वर्ण र १ रजत पदक जित्दै बाजी मारे । महिलामै युनाइटेड तेक्वान्दो डोजाङले १ स्वर्ण र १ रजतका साथ दोस्रो तथा शिक्षा अभियान १ स्वर्ण र १ कांस्य पदक जित्दै तेस्रो हुन सफल भए । पुरुषतर्पm दोस्रो भएको सीतापाइला तेक्वान्दो डोजाङले २ स्वर्ण, २ रजत र २ कांस्य जित्दा तेस्रो सीमित ललितपुरले १ स्वर्ण र १ कांस्य पदक हात पारेको थियो ।

समग्र टिम पुम्सेमा महिलातर्फ  पुलिस पहिलो, स्युचाटार दोस्रो र जेशिस स्कुल तेस्रो भयो । महिला टिम पुम्सेमा पुलिस पहिलो, स्युचाटार दोस्रो र आर्मी तेस्रो हुन सफल भयो । प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष लामा टेन्डि शेर्पा, नेपाल तेक्वान्दो संघका उपाध्यक्षद्वय भोजबहादुर शाह र नन्दु राई र दक्षिण कोरियाली दुतावासका प्रतिनिधि लगायतले पुरस्कृत गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC