site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौँ । ज्ञानमित्रद्वारा लिखित विज्ञानसम्बन्धी पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक भएको छ । राजधानी काठमाडौँमा आइतबार विद्यार्थी नेता अनिल शर्मा, शिक्षासेवी प्रमिला सिंह र छ वर्षको उमेरमा सवारी साधन चलाएर रेकर्ड बनाएका आवश्यक सिंहले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

एनके सिंह मेमोरियल ईपीएस स्कुल नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा स्कुलको प्रार्थना सभामै पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तकमाथि टिप्पणी गर्दै सोही स्कुलकी छात्रा स्मृति सिलवालले सार्वजनिक गरिएको पुस्तक विज्ञान र वैज्ञानिक विषयमा रुचि राख्ने सबैका लागि उपयोगी भएको बताइन् । उनले उक्त पुस्तकमा पृथ्वीका बारेमा सँगै मानव शरीरका विभिन्न अंग र तयारी चाउचाउसम्मका २४ वटा विषयमा रोचक जानकारी दिइएको उल्लेख गरिन् । उक्त पुस्तक विशेषगरी युवा विद्यार्थीका लागि उपयोगी हुने उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्कुलकी प्राचार्य प्रमिला सिंहले सार्वजनिक गरिएको पुस्तक विशेषगरी विद्यालय तहका छात्रछात्रालाई केन्द्रित गरी लेखिएको बताइन् । पुस्तकमा कतिपय कुराहरु साँच्चै रोचक र अनौठा भएको बताउँदै सिंहले हरेक व्यक्तिका लागि पुस्तक उपयोगी रहेको धारणा राखिन् । उनले मधुमेहदेखि हृदय, पृथ्वीदेखि चट्याङ, आँखादेखि कोषिकासम्मका बारेमा जानकारी दिइएकाले उक्त पुस्तकबाट जोकोहीले विशेष ज्ञान प्राप्त गर्न सक्ने बताइन् ।

ज्ञानमित्रले उक्त पुस्तक आफूले लेखेको नभई संकलन गरेर प्रस्तुत गरेको बताए । ‘पपुलर साइन्स’का बारेमा आफ्नो रुचि रहेको र त्यससँग सम्बन्धित केही विषयलाई आफूले विभिन्न स्रोतबाट संकलन गरी प्रस्तुत गरेको उनको भनाइ थियो । 

Global Ime bank

पत्रकारिता र साहित्य क्षेत्रमा लामो समय व्यतीत गरेर पछिल्लो समय सन्यासी बनेका ज्ञानमित्रले आगामी दिनमा यस्ता अन्य विषयमा पनि पुस्तक प्रकाशन गर्ने बताए ।

पुस्तक सार्वजनिक भएपश्चात विद्यार्थीहरुबीचमा पुस्तकमाथि अन्तरक्रिया पनि भएको थियो । अन्तक्र्रियामा विद्यार्थीहरुले विज्ञान र उक्त पुस्तकबारे राखेका जिज्ञासाबारे ज्ञानमित्रले जवाफ दिएका थिए । 

पुस्तकको प्रकाशन क्वान्टम बुक हाउसले गरेको हो । पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC