विदेश
काठमाडौं । यमनको विद्रोही संगठन हूथीले साउदी अरबको राजधानी रियादमा मिसाइल आक्रमण गरेको दावी गरेको छ ।
रियादमा एक रकेट ‘इन्टरसेरप्ट’ गरिएको छ । रियादमा प्रत्यक्षदर्शीहरुले बिष्फोटको आवाज सुनेको बताएका छन् । सामाजिक सञ्जालमा आकाशमा देखिदै गरेको धुँवायुक्त भिडियोहरु शेयर गरिएका छन् ।
विद्रोही समुहले यमामा प्यालेसको बुर्काना–२ मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ । प्राप्त खबरमा मिसाइल आक्रमणबाट भएको धनजनको क्षति बारे केही खुलाइएको छैन् ।
प्रकाशित मिति: मंगलबार, पुस ४, २०७४ १७:४३
प्रतिक्रिया दिनुहोस्