site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
२०१७ ले जसलाई गुमायो
Sarbottam CementSarbottam Cement

हग हेफ्नर

हग हेफनर ती थिए, जसले ‘प्लेब्वाइ’ नामको पत्रिका प्रकाशित गरे । मिडिया र मनोरञ्जन क्षेत्रका यी हस्तीको निधन सेप्टेम्बर २७ तारिखका दिन १९ वर्षको उमेरमा भएको थियो । हेफ्नरलाई यौन क्रान्तिका प्रवर्तक पनि मानिन्छ । सामाजिक मूल्य–मान्यतालाई चुनौती दिन उनी सधैं अगाडि सर्थे । समलैंगिक अधिकारका सर्मथकसमेत रहेका हेफ्नर रंगभेदी सोचविरुद्ध पनि मुठ्ठी कस्थे । हेफ्नरले सन् १९६१ मा आफ्नो ‘शिकागो प्लेब्वाइ क्लब’का लागि हास्यकलाकार रिचार्ड ग्रोगरीलाई नियुक्त गरेका थिए । सन् १९५३ डिसेम्बरमा उनले आफ्नै घरको भान्साबाट निकालेको ‘प्लेब्वाइ’को पहिलो अंक ५० हजार प्रति बिकेको थियो, जसबाट ८ हजार डलर आम्दानी भएको थियो ।

चक बेरी

Prabhu Bank
Agni Group
NIC Asia

‘रक एन्ड रोल’ संगीत सिर्जनाका सुरुवाती संगीतकर्मीमध्ये एक चक बेरी (चाल्र्स एडवार्ड एन्डरसन बेरी) अमेरिकी गायक, गीतकार र संगीतकार थिए । गत मार्च ८ का दिन उनले ९१ वर्षको उमेरमा आँखा चिम्लिए । आमस्रोतामा उनको प्रभाव यति धेरै थियो कि उनकै देखासिकीबाट केथ रिर्चाड, पल म्याक्कार्टने, जोन लेनन र ब्रुस स्प्रिङ्स्टिन जन्मिए । बब डायलनले चक बेरीलाई ‘रक एन्ड रोलका सेक्सपियर’ भन्थे । लेनन भन्थे, “यदि रक एन्ड रोलको अर्को नाम छ भने त्यो चक बेरी हो ।”

रोजर मुर

Global Ime bank

ब्रिटिस नायक रोजर मुरले जेम्स बोन्डको सेक्रेट एजेन्टको भूमिका खेलेपछि अन्तर्राष्ट्रिय प्रसिद्धि कमाएका थिए । मे २३ तारिखका दिन ८९ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको १२ वर्षे जेम्स बोन्डको यात्राले नै उनलाई करोडपति बनाएको थियो । उनी युवाहरूका ‘आइकन’ पनि मानिन्थे ।

एडम वेस्ट

सन् १९६० मा टिभीबाट प्रसारण हुने ‘ब्याटम्यान’ सिरिजको भूमिकापछि एडम वेस्ट चर्चामा आएका हुन् । ल्युकेमियाका कारण जुन ९ मा ८८ वर्षको उमेरमा संसार त्यागेका वेस्टको सम्मानस्वरूप लसएन्लजसको सिटी हलमा चमेरा आकारको बत्ती (जुन १५) बालिएको थियो ।

ग्लेन क्याम्पबेल

‘राइनस्टोन काउब्वाइ’ र ‘विचिता’का गायक सुपरस्टार ग्लेन क्याम्पबेलको प्रसिद्धि गाउँ–सहर, टेलिभिजन हुँदै फिल्मसम्म फैलिएको थियो । अगस्ट ८ तारिखका दिन ८१ वर्षको उमेरमा संसार त्यागेका क्याम्प्बेलले पाँच वटा ग्य्रामी अवार्ड जितेका थिए । उनका १२ वटा एल्बम ४ करोड ५० लाखभन्दा बढी प्रति बिक्री भएका थिए । उनले ‘एकेडेमी अफ कन्ट्री म्युजिक’बाट दुईपटक उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गरेका थिए । उनको अन्तिम रेकर्ड ‘अडियस’ जुनमा सार्वजनिक भएको थियो ।

जेरी लेविस

जेरी लेविस अमेरिकी हास्यकलाकार, अभिनेता, गायक, निर्माता, निर्देशक, पतकथाकार र समाजसेवी थिए । उनको निधन ९१ वर्षको उमेरमा अगस्ट २० तारिखका दिन भएको थियो । फिल्म, टिभी, मञ्च, रेडियोमा उनको हास्यव्यंग्य प्रस्तुतिका कारण उनलाई ‘किङ अफ कमेडी’ भनिन्थ्यो । २० वर्षकै उमेरमा डिन मार्टिनसँगको जोडीले उनलाई अन्तर्राष्ट्रिय रूपमा ख्याति दिलाएको थियो ।


 टम पेट्टी
टोमस अर्ल पेट्टी अमेरिकी गीतकार, बहुवाद्यवादक, कलाकार थिए । अक्टोबर २ तारिखका दिन ६६ वर्षको उमेरमा उनको निधन भएको थियो । पेट्टी र उनको ब्यान्ड ‘हर्ट ब्रेकर’ले भर्खरै ४० औं वार्षिकोत्सव (१९७६)का अवसरमा सांगीतिक भ्रमण गरेको थियो । ८ करोड प्रति एल्बम बिक्री गरेर उनले चार दशक पुरानो कीर्तिमान तोडेका थिए । 


फ्याट्स डोमिनो

‘रक एन्ड रोल’का ‘गडफादर’ मानिने फ्याट्स डोमिनोको निधन अक्टोबर २४ तारिखका दिन ८९ वर्षको उमेरमा भएको थियो । उनका एल्बम ११ करोड १० लाखभन्दा बढी प्रति बिक्री भएका थिए, जसमा ‘ब्लुबेरी’ र ‘इएन्ट द्याट अ सेम’ गीत पनि पर्छन् ।

माल्कोम योङ

अस्ट्रेलियन हेभी मेटल ब्यान्ड ‘एसी÷डीसी’का सहसंस्थापक माल्कोम योङको निधन नोभेम्बर १८ तारिखका दिन ६४ वर्षको उमेरमा भएको थियो । उनले स्थापना गरेको ‘एसी÷डीसी’ ब्यान्ड ‘ब्ल्याक इन ब्ल्याक’ र ‘हाइवे टु हेल’ बोलका गीतले चर्चित छ । ‘एसी÷डीसी’ले निकालेका १७ वटा २० करोडभन्दा प्रति बिक्री गरेर कीर्तिमान कायम गरेको थियो ।

डेभिड क्यासिडी

गायक र नायक डेभिड क्यासिडी समलैंगिक विशेषता र सुमधुर आवाजका कारण युवाहरूको धड्कनमा बस्न सफल भए । उनको निधन नोभेम्बर २१ तारिखका दिन ६७ वर्षको उमेरमा भएको थियो । सन् १९७२ मा सार्वजनिक उनको पहिलो एल्बम ‘चेरिश’ दशौं लाख प्रति बिक्री भएको थियो ।

डन विलियम्स

चर्चित अमेरिकी लोकगायक डन विलियम्सको ‘आई विलिभ इन यु’ सर्वाधिक चर्चित गीत हो । उनको निधन ७८ वर्षको उमेरमा भएको थियो ।

ओम पुरी

बलिउड जगतका अनुभवी कलाकार ओम पुरीको जनवरी ६ तारिखमा ६६ वर्षको उमेरमा निधन भएको थियो । उनले बलिउडमा लामो समय चर्चा कमाए । हलिउड र ब्रिटिस फिल्महरूमा पनि उनको नाम सम्मानले लिइन्छ । ‘द रिलक्ट्यान्ट फन्डामेन्टलिस्ट’, ‘इस्ट इज इस्ट’ र ‘द हन्ड्रेड फुट जर्नी’जस्ता अंग्रेजी फिल्ममा पनि उनले अभिनय गरेका छन् । ‘अर्ध सत्य’ र ‘आक्रोश’मा गरेको अभिनय कारण उनले धेरै पुरस्कार प्राप्त गरेका थिए ।

विनोद खन्ना

पिसाब थैलीको क्यान्सरका कारण अप्रिल २७ का दिन ७० वर्षको उमेरमा संसार त्यागेका नायक विनोद खन्ना पनि बलिउडमा सम्मानले लिइने नाम हो । ‘अमर अक्बर एन्थोनी’, ‘परवरिश’, ‘रेश्मा और शीला’, ‘मुकद्दर का शिकन्दर’, ‘जमिर’, ‘हेरा फेरि’, र ‘खुन पसिना’ उनका चर्चित र सफल फिल्म हुन् । १४१ चर्चित फिल्ममा अभिनय गरेका विनोद खन्नाले फिल्म ‘मनका मित’बाट अभिनय शुरु गरेका थिए । ओशो रजनिशको शिष्य बनेर सन् १९८२ मा ओरेगन पुगेपछि भने उनले बलिउडबाट विश्राम लिए । उनको विवाह गीताञ्जलीसँग भएपछि दुई छोराहरू अक्षय र राहु जन्मिए । त्यसपछि उनले श्रीमतीलाई छोडे । उनीहरूको विवाह सम्बन्धबिच्छेदमा गएर १९८५ मा टुंगियो । त्यसको पाँच वर्षपछि उनी फेरि बलिउडमा देखा परे । त्यसपछि उनका फिल्म ‘इन्साफ’ र ‘दयावान’ निकै चर्चित भए । त्यसपछि उनले कवितासँग विवाह गरे, जसबाट छोरा साक्षी र छोरी श्रद्धा छन् ।

रिमा लागो

रिमा लागो बलिउड फिल्म जगतकी चर्चित कलाकार थिइन् । धेरैजसो फिल्ममा आमाको भूमिका निभाएकी रिमाले छोटो पर्दाका ‘तु तु मे मे’, ‘खानदान’, ‘श्रीमान् श्रीमती’, ‘दो और दो पाँच’ र ‘नामाकरण’ जस्ता टेलिशृंखलामा पनि अभिनय गरेकी थिइन् । मे १८ तारिखका दिन हृदयघातका कारण उनको निधन भएको थियो । ‘रंगिला’, ‘मैने प्यार किया’, ‘हम आपके हे कौन’ ‘कुछ कुछ होता हे’ उनले अभिनय गरेका चर्चित फिल्म हुन् ।

शशी कपुर

बलिउडका रोमान्टिक कलाकार शशी कपुरको निधन डिसेम्बर ४ तारिखका दिन ७९ वर्षको उमेरमा भएको थियो । उनले बाल कलाकारको रूपमा सानैदेखि अभिनय गर्न थालेका थिए । ‘देवर’, ‘कभी कभी’, ‘नमक हलाल’ र ‘काला पत्थर’ उनका चर्चित फिल्म हुन् । उनले तीनवटा राष्ट्रिय स्तरका पुरस्कार हासिल गरेका थिए भने ‘दादा साहेव पालिके अवार्ड’ पनि प्राप्त गरेका थिए । यो अवार्ड पाउने कपुर खानदानका उनी तेस्रो सदस्य थिए । उनले अंग्रेजी फिल्म ‘सेक्सपियर वाल्लाह’मा पनि अभिनय गरेका थिए ।

टम अल्टर

टम अल्टरको निधन सेप्टेम्बर २९ तारिखका दिन ६७ वर्षको उमेरमा भएको थियो । क्यान्सरका कारण संसार त्यागेका अल्टरले ३ सयभन्दा बढी भारतीय फिल्ममा अभिनय गरेका छन् । हिन्दी, बंगाली, आसामी र तेलेगु भाषामा उनले प्रशस्त अभिनय गरेका छन् । ‘सतरंज के खेलाडी’, ‘गान्धी’, ‘परिन्दा’, ‘क्रान्ति’, र ‘जुनून’ उनले अभिनय गरेका चर्चित फिल्म हुन् । क्रिकेटमा अत्यन्त रुचि राख्ने अल्टरले विभिन्न खेल पत्रिकाका लागि आलेख लेखेका छन् । उनले सन् २००८ मा पद्मश्री अवार्ड प्राप्त गरेका थिए ।

– तारक मेहता (८८) : लामो रोगका कारण मार्च १ मा आँखा चिम्लिएका तारक मेहताको पुस्तक ‘दुनियाँ ने अन्धा चस्मा’मा आधारित रहेर चर्चित टेलिशृंखला ‘तारक मेहता का उल्टा चस्मा’ बनेको हो ।

– इन्दर कुमार (४५) : नायक इन्दर कुमार ‘तुम्को ना भुल पाएंगे’ र ‘वान्टेड’ चर्चित फिल्म हुन् । हृदयाघातका कारण जुलाई २८ मा उनको मृत्यु भएको थियो ।

– सीताराम पञ्चल (५४):  अभिनेता सीताराम पञ्चलको निधन अगस्ट १० तारिखमा भएको थियो । उनी लामो समयदेखि मृगौला र फोक्सोको क्यान्सरबाट पीडित थिए । उनको पहिलो फिल्म ‘ब्यान्डिट क्विन’ हो । उनले ‘पिप्ली लाइभ’, ‘स्लमडग मिलेनियर’मा पनि काम गरेका छन् ।

– शकिला (८२): नायिका शकिला ‘आर पार’ र ‘सीआईडी’ फिल्मबाट चिनिन्छिन् । हृदयाघातका कारण सेप्टेम्बर २० तारिखका दिन ८२ वर्षको उमेरमा उनको निधन भएको थियो ।

– कुन्दन शाह (६९) : हृदयाघातका कारण अक्टोबर ७ तारिखमा निधन भएका निर्देशक कुन्दन शाहको चर्चित फिल्म ‘जाने भी दो यारो’ हो । उनले ‘नुक्कड एन्ड वाग्ले की दुनियाँ’ जस्ता टेलिभिजन शो पनि बनाएका थिए ।

– नीरज भोरा (५४) : बहुप्रतिभाशाली कलाकार, निर्देशक नीरज भोराको मृत्यु डिसेम्बर १४ तारिखमा भएको थियो । आमिर खानको ‘रंगिला’बाट चर्चामा आएका नीरजले निर्देशन गरेको पहिलो फिल्म सन् २००० को ‘खिलाडी ४२०’ हो । ‘दौड’, ‘मन’जस्ता फिल्ममा उनको अभिनय उत्कृष्ट छ । ‘फिर हेरा फेरी’ उनको अर्को निर्देशकीय सफल फिल्म हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २२, २०७४  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC