site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले माओवादी एकता पनि ‘सरप्राइज’ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले  र माआवादी केन्द्रबीच दसैंलगत्तै ‘सरप्राइज’ तामलेल र पार्टी एकताको योजना बनेको थियो । अब पार्टी एकता पनि सोही तरिकाले नै हुने एमाले र माओवादीका नेताहरु बताउँछन् ।

एमाले स्रोतका अनुसार अहिले पनि एकताको लागि भित्रभित्रै गृहकार्य भइरहेको छ । त्यसैले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता पनि पर धकेलिएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार ‘वान टु वान’ वार्ता हुने भनिएको थियो । वार्ता हुन सकेन र अध्यक्ष प्रचण्ड बिहीबार नै चितवन लागे ।
त्यसपूर्व पनि दुई अध्यक्षबीच वार्ताको कुराकानी नचलेको होइन । तर अध्यक्ष ओलीको स्वास्थ्य प्रतिकूल देखिएर घरमै आराम गरिरहेको बताइयो । र त्यसबीचमा दुई अध्यक्षबीच संवाद हुन सकेन ।

Prabhu Bank
Agni Group
NIC Asia

भित्रभित्रै पाक्दैछ खिचडी !

पछिल्लो समय अध्यक्ष ओली र प्रचण्ड दुई–तीन पटक ‘वान टु वान’ वार्तामा बसिसकेका छन् । ती वार्तामा एकताको मोडालिटीबारे मूलभूत छलफल भएको स्रोत बताउँछ ।
एकताकाबारेमा छलफल भए पनि त्यसबारेमा नेताहरूले धेरै कुरा बाहिर ल्याएका छैनन् । प्रतिनिधिसभाको निर्वाचन परिणाम रोकेर र राष्ट्रियसभाको निर्वाचन मिति लम्व्याएर सरकारले वाम गठबन्धनमा फाटो ल्याउन खोजेको एमालेको आशंका छ । कतिपय नेताहरूले सार्वजनिक अभिव्यक्ति समेत दिएका छन् ।

Global Ime bank

त्यस्तै कांग्रेसका कतिपय नेताहरूले ‘प्रचण्ड’ प्रधानमन्त्री बन्न सार्वजनिक प्रस्तावै राखेका छन् । यस्ता चलखेलबाट झस्किएको एमालेले भित्रभित्रै एकताको गृहकार्य तीव्र रुपमा अघि बढाएको स्रोतको दाबी छ ।

एकताका विषयमा दुई अध्यक्षबीच सघन छलफल हुन नसके पनि दुवै पार्टीका दोस्रो तहका नेताहरूले गृहकार्य गरिरहेको एमालेका नेताहरू बताउँछन् ।

ज्ञवाली भन्छन्– एकता घोषणा  पनि ‘सरप्राइज’

नेकपा एमाले सचिव प्रदीप ज्ञवालीले आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट स्थलमार्ग भएर काठमाडौँ आउँदै गरेकाले सोमबार दुई अध्यक्षबीच वार्ताको सम्भावना रहेको बताउँछन् । उनका अनुसार सोमबारै एमाले स्थायी कमिटीको बैठक बोलाउने तयारी छ । त्यसलगत्तै पार्टी एकता  संयोजन समितिको बैठक बस्ने दुवै पार्टीका प्रस्तावका विषयमा छलफल निकाल्ने उनले बताए ।

तथापि एकता घोषणा असोज १७ को ‘वामतालमेल’ को घोषणाजस्तै ‘सरप्राइजिङ’ हुन सक्ने उनको भनाइ थियो ।

“नेतृत्व, योजना र नीतिगत विषयहरू छलफलका लागि तलसम्मै लैजाने कुरा पनि भएन । दुई अध्यक्षको छलफलले टुंग्याउन सक्छ,” उनको भनाइ थियो ।
आजको भोलि नै परिणाम खोज्ने र दिनसक्ने अवस्था नरहे पनि एकताका विषयमा पर्याप्त छलफल भइरहेको उनको दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC