site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मनिला । दक्षिणी फिलिपिन्समा हवाई र स्थलमार्गबाट भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पाँच मुस्लिम विद्रोहीको मृत्यु भएको छ । सधैंजसो अशान्त भइरहने सो क्षेत्रमा इस्लामिक स्टेट्सका आतङ्ककारीसँग आबद्ध मुस्लिम विद्रोही मारिएका छन् । सोही कारबाहीका क्रममा एक सैनिकको पनि मृत्यु भएको बताइएको छ । 

गत शनिबार मिन्दानाओ द्वीपमा करिब ५० जनाको समूहमा आएका आतङ्ककारीहरूले पाँच घण्टासम्म आक्रमण गरेका र त्यसको जवाफी कारबाहीमा पाँच आइएस आतङ्ककारी मारिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस क्रममा एक सैनिक अधिकारीले पनि ज्यान गुमाएको क्षेत्रीय सैनिक प्रवक्ता एर्भिन इन्सिनास्ले बताएका छन् ।  एक सैनिक र इस्लामिक स्टेट्स आतङ्ककारी समूहसँग आबद्ध बाङ्गसामोरा इस्लामिक फ्रिडमका पाँचजना लडाकू मारिएका समाचारमा जनाइएको छ । 

मुस्लिम समुदायको बलियो प्रभाव रहेको यस द्वीपमा दशकौँदेखि जारी हत्या हिंसामा एक लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २५, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC