site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
केपी ओली विदेशबाट फर्किएपछि मात्र पार्टी एकता कार्यदल बनाइने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले राष्ट्रियसभा र प्रदेशसभा गठनमा देखिएका जटिलता अन्त्यको प्रयास खोज्न कार्यदल बनाएको छ ।

एमालेका ३ र माओवादी केन्द्रका ३ जना नेता सम्मिलित कार्यदल बनाइएको हो । कार्यदलमा एमालेका नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेको एमाले नेता वामदेव गौतमले जानकारी दिए । 

Agni Group

कार्यदलले प्रदेशसभा गठन र राष्ट्रियसभामा भागबण्डाको सहमति जुटाउनेछ । तर पार्टीमा पद बाँडफाँट र नीति तय गर्नका लागि बनाइने भनिएको संयुक्त कार्यदल भने बन्न सकेन । 

किन बन्न सकेन भन्ने बारेमा नेताहरुले केही बताउन चाहेनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकपछि एमाले नेता गौतमले पार्टी एकता कसैले रोकेर नरोकिने बताउँदै यसलाई नकारात्मक ढंगले नसोच्न पत्रकारहरुसँग आग्रह गरे ।

Global Ime bank

उनका अनुसार बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली एकसाताका लागि उपचारका लागि विदेश जाने भएकाले आएपछि बस्ने बैठकले कार्यदल बनाउनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  ०५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC