site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कसरी हुन्छ सिंहदरबारभित्रै पटक–पटक चोरी ? बुद्धचित्तका विरुवादेखि टायरसम्म 
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईतबार राति सिंहदरबारभित्रै रहेको एक क्यान्टिनमा चोरी भयो । राति बन्द गरेर घर गएपछि आफ्नो क्यान्टीनमा रहेको ४२ हजार रुपैयाँ र केही सामान चोरी भयो भन्दै क्यान्टीन सञ्चालक विश्वराज सिलवाल सोमबार बिहान प्रहरीकहाँ रिपोट गर्न पुगे । उनले सञ्चालन गरेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद चोरी भएको महानगरीय सुरक्षा गण सिंहदरवारका प्रहरी निरिक्षक इन्द्रकुमार अधिकारीले जानकारी दिएका छन्  ।

पुस १ गते सिंहदरवारभित्र राखिएको गाडीको चारवटै टायर चोरी भयो । स्थानीय विकास मन्त्रालयका उपसचिव बलदेश जोशी चढ्ने बा २ झ २९२७ नम्बरको जिपका चारैवटा टायर चोरिएको थियो । प्रहरीको अनुसन्धानमा उपसचिव जोशीका चालक सिन्धुपाल्चोक भोटेचौरका चन्द्रबहादुर मोक्तान चोरीमा संलग्न रहेको आशंका गरिएपनि उनी अझै पक्राउ पर्न सकेका छैनन् । टोली नै बनाएर मोक्तानको खोजी गरिरहे पनि पत्ता नलागेको सिंहदरवार वृतका प्रहरी निरीक्षक भोजबहादुर पाण्डेले बताए । 

Agni Group

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिँहदरबारभित्र बुद्धचित्तको विरुवा रोपेका थिए । उनले रोपेको उक्त बिरुवा केही दिनमा नै चोरी भयो । २०७३ जेठमा ओलीले सिंहदरबारमा विभिन्न प्रकृतिका विरुवा रोपेर सिंहदरबारलाई हरियाली बनाउने अभियान थाल्दै बुद्धचित्तका दुईवटा विरुवा रोपेका थिए । तर ती विरुवा नै चोरी भयो ।

यी उदाहरण चारैतिर पर्खाल र सुरक्षा घेराभित्र रहेको सिंहदरबारमा भएका चोरीका हुन् ।

Global Ime bank

त्यसबाहेक सिंहदरबारभित्रैबाट आइफोन, ल्यापट, नगद र विभिन्न सामान हराएका उजुरी प्रहरीकहाँ पुगेका छन् ।

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रैबाट बेला बेला यस्ता चोरीका घटना कसरी हुन्छन् ? सिँहदरबार सुरक्षामा खटिएका प्रहरी निरीक्षक इन्द्रकुमार अधिकारी भन्छन्, “बेला बेला चोरीका घटना हुने गरेका छन्, यो वर्षमात्रै चोरीका २ वटा घटना बाहिर आए । कतिपय घटना भित्रै गुपचुप हुन्छन् । हामीले यस्ता चोरीका विषय सिँहदरबार वृत्तमा पठाउने गरेका छौं ।” 

सिँहदरबार भित्र पस्ने र बाहिरिने सबैजसो गेटमा सीसी क्यामेरा पनि जडान गरिएका छन् । त्यसबाहेक भित्रै पनि सीसी क्यामेरा छन् तर पनि चोरीका घटनामा कमी आएको छैन ।

सिंहदरबारभित्र हुने चोरीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था बलियो पारेपनि विभिन्न कार्यालयमा चोरी हुने र दिनमा सयौं मानिस आवतजावत गर्ने भएका कारण चोर पत्ता लगाउन असहज हुने गरेको प्रहरीको भनाई छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC