site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कपाल फुलेका सबै अयोग्य र कपालमा कालो लगाउने सबै योग्य हुँदैनन् : कांग्रेस प्रवक्ता शर्मा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस पार्टी भूकम्पपछिको पुनर्निर्माणको पखाईमा रहेको घरको जस्तै अवस्थामा रहेको बताएका छन् ।  

पार्टी प्रवक्ताको हैसियतमा बुधबार दिउँसो ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा पहिलो पत्रकार सम्मेलनमा नेता शर्माले भूकम्पपछिको घर पुनर्निर्माण गर्न केही समय लागे जस्तै कांग्रेसको अवस्थामा सुधारमा पनि केही समय लाग्ने बताए । 

उनले कांग्रेस भूकम्प गए लगत्तैको एउटा घर जस्तो मनोबैज्ञानिक उद्धारको चरणमा रहेको पनि बताए । पार्टीको केन्द्रीय कार्य समितिको आगामी बैठकबाट कांग्रेस पुनर्निर्माणको अभियानका लागि प्रक्रिया सुरु हुने प्रवक्ता शर्माको भनाई थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले राष्ट्रिय रुपमा सम्पादन गर्नुपर्ने दायित्व बहन गरिरहेका कारण पार्टीको केन्द्रीय समिति बैठक बस्न ढिलाई भएको उनले बताए । ‘‘नयाँ सरकार गठन हुनका लागि मार्गप्रशस्त गर्ने व्यवहारिक जटिलताहरुलाई सम्बोधन गर्नेतर्फ पार्टी केन्द्रीत छ । जसमा व्यवहारिक जटिलताहरु पनि छन्’’, प्रवक्ता शर्माले भने, ‘‘ती जटिलतालाई हल गर्ने सन्दर्भमा कांग्रेस नेतृत्वले मुल रुपमा कार्य गर्नुपर्ने बेला छ । त्यही प्रक्रियालाई अगाडि बढाउँदै गर्दा पार्टीको केन्द्रीय समिति बैठक बस्न ढिलाई भएको हो ।’’

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा र अन्य नेताहरुले राष्ट्रिय सभा, प्रदेशको अस्थायी मुकाम, प्रदेश प्रमुख नियुक्ति लगायतका जटिलता समाधान गर्न अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्न समय खर्च गर्नुपरेकाले बैठक बस्न ढिलाइ भएको उनले दाबी पनि गरे ।  

Global Ime bank

प्रवक्ता शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले बेहोरेको पराजयपछि व्यक्ति र समुहपिच्छे आइरहेका फरक–फरक धारणालाई स्वाभाविक भएको बताए ।

‘‘पार्टीको केन्द्रीय कार्य समितिको बैठक बसेर साझा धारणा नबन्दासम्म लोकतान्त्रिक पार्टीभित्र विभिन्न फोरमहरुमा, एक्लाएक्लै अथवा समुहगत रुपमा साथीहरुले धारणा राख्नुहुन्छ भने त्यसलाई पार्टीले स्वाभाविक रुपमा लिन्छ र लिनु पनि पर्छ,’’ उनले भने ।  

आफुसहित ७ जना युवा नेताहरुको समुहले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा विशेष महाधिवेशन बोलाउनुपर्ने र ७० वर्ष नाघेका नेताहरुले राजनीतिबाट अवकाश लिनुपर्छ भन्ने माग नउठाएको शर्माले जिकिर गरे । पुस १६ गते मेलमिलाप दिवसको दिन ७ जना युवा नेताहरुले विज्ञप्ती जारी गरेर कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चाँडै बस्नुपर्ने र त्यो बैठकमार्फत महासमितितर्फ जानुपर्छ भन्ने स्पष्ट धारणा राखेको उनको स्पष्टोक्ति थियो ।   

कपाल फुलेर बसेकाहरु सबै अयोग्य हुने र कपालमा कालो लगाएर आएकाहरु सबै योग्य हुने तर्कसँग आफु कहिल्यै पनि सहमत नहुने भन्दै प्रवक्ता शर्माले कांग्रेसको जिम्मेवार पदमा रहेका युवादेखि बृद्धसम्मका सबैले आफुलाई परिवर्तन गर्न जरुरी रहेको जिकिर गरे । ‘‘जिम्मेवारीमा रहेका युवा हुन अथवा पाका हुन सबै बदलिनुपर्छ’’, उनले भने, ‘‘जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, जो बद्लिन्नन् तिनले विदा लिन्छन् भन्ने कुरालाई गम्भीरतापूर्वक हेक्का राख्न जरुरी छ ।’’     

राजनीतिलाई उमेरले नभएर एजेण्डाले निर्देशित गर्नुपर्ने प्रवक्ता शर्माको भनाई थियो । पार्टीभित्र एउटाले अर्काको आलोचना गर्नु कुनै अनौठो नभएको तर्क गर्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘‘तर एउटाले अर्कोलाई दोष तेस्र्याउँदै गर्दा आफ्नो भागको जिम्मेवारी पनि लिनुपर्छ ।’’ 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC