site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जलवायु परिवर्तनको असर बढ्दो, के गर्दैछ सरकार ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा तल्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले जलवायु परिवर्तनको विषय  साना–ठूला सबै देशको साझा समस्या रहेको भन्दै एकजना अमेरिकी गभर्नरको भनाइ उद्धृत गरेका थिए, ‘जलवायु परिवर्तनको राम्ररी महसुस गर्ने र यसका लागि केही गर्नसक्ने पुस्ता पनि हामी नै हौं ।’ तर उनले भनेजस्तो जलवायु परिवर्तनको चर्चा नेपालमा भने हुने गरेको पाइँदैन । 

हालैका केही तथ्यांकहरुको अध्ययनबाट नेपालमा जलवायु परिवर्तनको बारेमा जानकारी पाएका घरपरिवारको संख्या जम्मा ५ प्रतिशतको हाराहारीमा मात्रै छ । जलवायु परिवर्तनका कारण विश्वका सबैजसो क्षेत्रमा सचेतना र असर न्यूनीकरणका कार्यक्रमहरु बढिरहेका छन् । नेपालमा पनि जलवायू परिवर्तनले कृषि, वन, पानी र उर्जालगायतका विभिन्न क्षेत्रमा असर पारिरहेको भए पनि सर्वसाधारणलाई सचेत गराउन नसकिएको जलवायु परिवर्तन प्रभाव सर्वेक्षणका प्रतिवेदनले बताएका छन् । 

जलवायु परिवर्तन र यसका असरहरुका बारेमा नेपालमा चर्चा हुन थालेको केही समयमात्रै भएको छ । जनसंख्या एवं वातावरण मन्त्रालयअन्तर्गतको जलवायू वित्त व्यवस्थापन शाखाका प्रमुख नरेश शर्माका अनुसार सन् १९९० पहिलेदेखि नै वैज्ञानिकहरुबीच चर्चाको विषय भए पनि नेपालमा भने सन् २००७ पछिमात्रै यस क्षेत्रमा काम हुन थालेको हो । 

Agni Group

के हो त जलवायु परिवर्तन ?

जलवायु परिवर्तनलाई पृथ्वीको प्राकृतिक प्रक्रियाभित्रको गतिविधि मानिन्छ । सौर्य किरणमार्फत पृथ्वीमा तापशक्ति प्राप्त हुने गर्दछ । त्यस्तै पृथ्वीले पनि जति सौर्य विकिरण प्राप्त गर्दछ, त्यही अनुपातमा अन्तरिक्षमा फिर्ता पठाउँछ र पृथ्वीको वायुमण्डलीय तापक्रम स्थिर रहन्छ । तर सौर्य विकिरणको लेनदेनमा फरक परेमा पृथ्वीको वायुमण्डलीय तापमानमा पनि उतारचढाव हुन्छ, जसका कारण जलवायुमा परिवर्तन हुन जान्छ ।

Global Ime bank

मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बनजस्ता विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डलमा बढ्दै जानु र पृथ्वीबाट परावर्तित भएका विकिरणहरू वायुमण्डलमै रोकिदा पृथ्वीको तापक्रम बृद्धि हुँदै गएको वैज्ञानिकहरुको निष्कर्ष छ । वन विनाश तथा बढ्दो औद्योगिकीकरणका कारण जलवायु परिवर्तन हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । जलवायुसम्बन्धी लामो समयसम्म देखिने स्थायी प्रकृतिको परिवर्तनलाई जलवायु परिवर्तन र समय–समयमा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तनको रुपमा लिइन्छ । 

सन् १९६० पछि पृथ्वीमा भएको तिव्र औद्योगिक विकाससँगै पृथ्वीमा जलवायु परिवर्तन भएको तर्क वैज्ञानिकहरूको छ । कोइला, खनिज तेल र ग्यासजस्ता वस्तुको बढ्दो प्रयोगले वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पुग्ने तथा जंगल फँडानी हुँदा हरितगृह ग्यासको मात्रा बढ्दै जाने अबस्था सिर्जना भइरहेका छन् । पृथ्वीमा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्म सय वर्षमा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ ।

त्यस्तै सन् १९६१ देखि २००३ का बीचमा समुद्र सतहमा प्रतिवर्ष १.८ मिलिमिटरले तापक्रम वृद्धि भएको छ । वैज्ञानिकहरुले निर्धारण गरेअनुसार तापक्रम बढ्ने दर २ डीग्री सेल्सीयसभन्दा बढी भएमा त्यसको प्रभाव बढी नोक्सानदायी हुनेछ । हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै जलवायु परिवर्तनको कारक मानिएको छ ।

जलवायु परिवर्तनको असर 

जलवायुमा आएको अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, सँगै धेरै क्षेत्रमा नराम्रो असर पर्ने गरेको विभिन्न तथ्यांक र प्रमाणले पुष्टि गरेका छन् । जलवायुमा आउने परिवर्तन अत्याधिक रुपमा बढ्दैगएमा कालान्तरमा पृथ्वीमा पानीको संकट, खाद्य संकटजस्ता समस्याहरु आउने खतरा रहेका छन् । जलवायुमा परिवर्तनसँगै अनावृष्टी, अतिवृष्टी, बाढीपहिरो, आँधी, अत्यधिक गर्मी र सुख्खा हुने कारण जैविक स्वास्थ्यमा समेत नराम्रो असर गर्नसक्ने विज्ञहरुको भनाइ छ । 

विकसित देशलेजस्तो नेपालले हरितगृह ग्यास निकालको नभए पनि नेपालमा पनि जलवायु परिवर्तनका संकेतसँगै नकारात्मक असरहरू देखिन थालेको अध्ययनहरुले देखाएका छन् । खासगरी नेपालका हिमनदी, जलसम्पदा, कृषि, वन तथा जैविक विविधतामा क्षेत्रमा यसको  असर देखिएको विज्ञहरुले बताएका छन् ।  

नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरमध्ये आम चासोको विषय कृषिक्षेत्रलाई मानिन्छ । कृषिविद् दिपकमणि पोखरेल परम्परागत कृषि प्रणालीमा आधारित नेपालीका लागि खेती गर्ने क्रममा हुने बर्षाको अनियमिततालाई त्यसको असर मान्न सकिने बताउँछन् । पोखरेल भन्छन्, “कहिले बढी वर्षा, कहिले लामो खडेरी, नयाँ नयाँ रोग तथा कीराहरुको प्रकोप, माटो तथा स्थानअनुकूलको उत्पादनमा पनि कमी आउनु जस्ता समस्याहरु हुन थालेका छन् । यसबाट कृषि उत्पादनमा प्रत्यक्ष असर पारेको छ ।” 

उनका अनुसार हिउँ पग्लिने क्रममा अनियमितता आउँदा समेत उच्च पहाडी भेगमा कृषीबालीमा नोक्सानि हुन गएको छ । उनले बाह्रखरीसँग भने, “समयमा पानी नपर्ने, कहिले अति धेरै पर्ने, लामो समय पानी नपर्ने, प्राकृतिक मुहान सुक्दै जाने, बालीलाई चाहिने बेलामा पानी नपर्ने, बाढीपहिरो जाने, हिउँ पग्लने प्रक्रिया उचित समयमा नहुने, समयमा वर्षा गराउन उचित समयमा वायु सक्रिय नहुनेलगायत कारणले कृषिमा धेरै नोक्सानी हुने गरेको छ ।” कृषिको लागि पानी अनिवार्य हुने भन्दै उनले भने, “जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्न नसकिए नेपालजस्ता गरिब देशहरुमा खाद्यसंकट तथा मूल्यवृद्धि र जलविद्युतमा पनि संकट आउन सक्नेछ ।” 

कृषि क्षेत्रमा जलवायु परिवर्तनले पारेका नकारात्मक असरहरुसँग अनुकूलन हुनका लागि सरकारीस्तरबाटै अभियानका रुपमा कार्यक्रमहरु लागु हुनुपर्नेमा पोखरेलले जोड  दिए । 

के गर्दैछ नेपाल ? 
जनसंख्या एवं वातावरण मन्त्रालयअन्तगर्तको जलवायू वित्त व्यवस्थापन शाखाले जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्नका लागि उपलब्ध आर्थिक तथा वित्तीय स्रोतमा पहुँच पुर्याउन प्रस्ताव तयार गर्ने काम भइरहेको शाखाका प्रमुख नरेश शर्माले बताए । उनले बाह्रखरीसँग भने, “त्यसबाहेक महासन्धिअन्तर्गत रहेका विभिन्न अन्तर्राष्ट्रिय कोषहरुबाट आर्थिक स्रोत जुटाउन आवश्यक कामका साथै जलवायु परिवर्तनका सम्बन्धमा बहुक्षीय तथा द्विपक्षीय सहयोगमा पहुँच पुर्याउने, प्राप्त आर्थिक तथा वित्तीय साधन र स्रोतलाई क्षेत्रगत जलवायु परिवर्तन सम्बन्धी संस्थालाई परिचालन गर्ने काम गरिरहेका छौं ।” अर्थ मन्त्रालय एवं सम्बन्धित मन्त्रालयहरुसँग निकट समन्वयमा रही जलवायु वित्त तथा स्रोत परिचालन सम्बन्धी काम भइरहेको शर्माले बताए । 

उनका अनुसार नेपालमा कृषि, पशुपालन, खाद्यसुरक्षा, पूर्वाधार विकास, वनब्यवस्थापन, जैविक विविधतालगायत क्षेत्रमा १४ वटा अनुकूलनका कार्यक्रम भइरहेका छन् र यो कार्यक्रमबाट २०१७ सम्ममा ६ लाख १५ हजार नागरिक लाभान्वित भएका छन् । शर्माले भने, “जलवायु परिवर्तनको विषयमा नेपाल सरकारले गरिब र संकटासन्न अवस्थामा रहेका जनतालाई सम्बोधन गर्दै स्थानीय समुदायको प्रभाव मूल्यांकन गरी सहयोग गर्ने कार्यक्रम पनि गरिरहेको छ ।”

मन्त्रालयबाहेक सिप्रेड, ली–बर्डलगायत थुप्रै गैरसरकारी संघसंस्थाहरुले पनि जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।  कृषिका लागि स्मार्ट प्रविधिहरु अवलम्बन गर्नमा कृषकहरुलाई सघाउँदै आइरहेका छन् ।

तस्बिर : इसिमाेड
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC