site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
माघ २ बाट भित्री सहरमा चारपाङ्ग्रे सवारीसाधनमा प्रवेशमा रोक, चलाए एक हजार जरिबाना
Sarbottam CementSarbottam Cement

काठमाडौं । माघ २ गतेबाट काठमाडौंका भित्री सहरमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाइने भएको छ । 

सम्पदाले भरिपूर्ण क्षेत्रमा सवारीसाधनको भीड बढेपछि जनप्रतिनिधिहरुले यहाँका भित्री सहर र पर्यटकीय क्षेत्रमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाएका हुन् । 

“चारपाङ्ग्रे प्रवेशमा रोक लगाएपछि यहाँका प्रत्येक पसलमा सहज रुपमा पर्यटक पुग्न सक्छन्,” काठमाडौं महानगरपालिकाकी उममेयर हरिप्रभा खड्गीले भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंको वसन्तपुर, ठैंटी, असन, भोटाहिटी, इन्द्रचोक, मच्छिन्द्रबाहल, भेडासिंह, नरदेवी, एट्खा, टेंगल, बाङ्गेमुढा, नगल, थहिटी, त्यौड, ताम्सीपाखा, किलागल, ज्वागल लगायतका भित्री क्षेत्रमा चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न नपाउने उपमेयर खड्गीले बताइन् । 

“विशेषगरी पर्यटकहरुको आवतजावतमा सहयोग गर्न र भित्री सहरमा सवारीसाधनको अनावश्यक घुइँचोलाई व्यवस्थापन गर्न हामीले यो नियम लागु गर्ने भएका हौं,” उनले भनिन् ।

Global Ime bank

पर्यटक र स्थानीयको सहज आवागमनका लागि ल्याइएको यो नियम उलङ्घन गरे १ हजारसम्म जरिवाना गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी निरीक्षक विदुरकुमार थापाले जानकारी दिए । 

“बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म यी प्रकारका सवारी साधनको प्रवेशमा रोक लगाइनेछ,” निरीक्षक थापाले बाह्रखरीसँग भने, “यसका लागि हामीले ट्राफिक प्रहरीको विशेष टोली तयार पारिसककेका छौं ।”  

काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धनीराम शर्माले यस नियमको सफल कार्यान्वनका लागि नगरबासी सम्पूर्णको साथ र सहयोग चाहिने बताए । 
“हामीले नियम ल्याएका छौं,” शर्माले भने, “यसको कार्यान्वयनमा नगरबासी तपाईं हामी सम्पूर्णको साथ र सहयोगको खाँचो छ ।” 

चारपाङ्ग्रे सवारी साधन प्रवेशमा रोक लगाइने यी क्षेत्रमा मोटरसाइकल र स्कुटर प्रवेश यथावत रहने महानगरपालिकाले जनाएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC