घटना क्रम
काठमाडौं । नेपाली दुतावास कुवेतले सन् २०१७ मा दुतावासको पहलमा नेपाली कामदारको कुवेतमा विभिन्न कारणले रोकिएका रकम नेपाल पठाईएको जनाएको छ ।
दुतावासले एक प्रेस विज्ञप्तिमार्फत नेपाली मृतक कामदारहरुको क्षतिपूर्तिवापतको बिमा रकम, बाँकी तलब, काम छोड्दा पाउने रकम, कम्पनीबाट प्राप्त सहयोग रकम गरी १ लाख ५७ हजार ७ सय ८६ कुवेती दिनार अर्थात ५ करोड २६ लाख ४३ हजार ८ सय ८३ नेपाली रुपैयाँ नेपाल पठाएको जनाएको छ ।
दुतावासले जम्मा ३१ जना नेपाली कामदारहरुले पाउन बाँकी रहेको त्यसखालको रकम कामदारका हकदारहरुले पाउनेगरी विभिन्न समयमा परराष्ट्र मन्त्रालयमा पठाएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४ २३:४०
प्रतिक्रिया दिनुहोस्