site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डा. केसी रिहा तर प्रधानन्यायाधीश छानबिनको घेरामा
Ghorahi CementGhorahi Cement

सर्वोच्च अदालतका प्रधान न्यायाधीश गोपाल पराजुलीमाथि भ्रष्टाचारको आरोप लगाएर उनको राजीनामा माग गर्दै सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरेको छ भने उनले पराजुलीमाथि लगाएका केही आरोपमा छानबिन गर्ने निर्णयसमेत भएको छ । पुस २४ गते करिब ४ बजेतिर अनशनमा बसेका डा. केसीलाई सर्वोच्च अदालतको आदेशमा सोही दिन बेलुकी आठ बजेतिर प्रहरीले अदालतको अवहेलना गरेको आरोपमा पक्राउ गरेको थियो । डा. केसी अनशन बस्नेबित्तिकै सर्वोच्च अदालतमा तुरुन्तै मुद्दा हालेर उनलाई पक्राउ गर्ने आदेश दिइएको थियो । सर्वोच्च अदालतको इतिहासमा यति चाँडो अवहेलनामा कसैलाई पक्राउ गरिएको पहिलोपल्ट भएको भन्दै धेरैले व्यंग्य गरेका थिए । डा. केसीलाई पुस २५ गते बिहानै अदालतमा लगेर बयान लिने काम गरिएको थियो । त्यसपछि उनका पक्षका र विपक्षका वकिलले बहस गरेका थिए । सत्याग्रहमा बसेका डा. केसीलाई २५ गते प्रहरी हिरासतमा वीर अस्पताल लगिएको थियो । पुस २६ गते पुनः भएको बहसपश्चात सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले डा. केसीलाई उनका कानुन व्यवसायीको जिम्मामा छाडेको थियो भने उनले उठाएको विषयमध्ये प्रधान न्यायाधीशको एसएलसीको प्रमाणपत्र तथा नागरिकतामा भएको दोहोरो जन्ममिति लेखिएको भन्ने विषयमा छानबिन गर्न कागजपत्र मागेको छ । यस मुद्दाको निक्र्योल अझै भइनसकेको भन्दै डा. केसीले भने आफ्नो अनशन कायमै राखेर बिहीबार त्यस सम्बन्धमा निर्णय गर्ने भएका छन् । 

डा. केसीको मुद्दालाई सबैभन्दा सटीक ढंगले कान्तिपुरले प्रस्तुत गरेको छ । हिजो भएकोे निर्णयमा डा. केसी रिहा हुनुभन्दा प्रधान न्यायाधीश छानबिनको घेरामा हुनु नै महत्त्वपूर्ण विषय हो । कान्तिपुरले ‘प्रधान न्यायाधीश छानबिनको घेरामा’ शीर्षक राखेर समाचारको मूल मर्म समातेको छ । यस विषयमा गोरखापत्रको शीर्षक पनि त्यत्तिकै सान्दर्भिक देखिन्छ । गोरखापत्रले ‘प्रधान न्यायाधीशको कागजात झिकाउन आदेश’ शीर्षकमा यो समाचारलाई तीन कोलममा मुख्य समाचार बनाएको छ । नागरिकले भने सर्वोच्चले प्रधान न्यायाधीशको कागज झिकाएको समाचारलाई शीर्षकमुनि सहायक बनाएर समाचारलाई पाँच कोलममा प्रस्तुत गरेको छ । राजधानीको प्रस्तुति पनि नागरिकको जस्तै छ ।

राष्ट्रिय सभा निर्वाचन कार्यतालिका

Agni Group

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सकिएको एक महिना र एक साता भइसके पनि अझै करिब एक महिना निर्वाचित दलले सरकार बनाउनसक्ने अवस्था देखिएको छैन । राष्ट्रिय सभाका सदस्यको निर्वाचनको आधार कुन विधिबाट हुने अन्योलले सरकार बन्ने प्रक्रिया ढिलाइ भएको हो । सरकारले पठाएको राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशमै उल्लेख भएको एकल संक्रमणीय विधिअनुरूपको अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि अब माघको अन्तिम साताका राष्ट्रिय सभाको निर्वाचन हुने भएको छ । त्यसले फागुनको पहिलो सातामा नयाँ सरकार बन्ने छाँटकाँट देखिएको छ । 

राजधानीले आज राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको विषयलाई मुख्य समाचार बनाएको छ । राजधानीले आँखाले राम्ररी ठम्याउन नसक्ने चार्ट बनाएर भए पनि कुन कुन दिन के के हुँदैछ भनेर सम्झन सजिलो तालिका दिएको छ । सो समाचार अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन र त्यसपछि नामावलीमाथि दाबी र विरोध पनि सोही दिन हुनेछ । माघ ९ गते अन्तिम नामावली प्रकाशन हुनेछ । माघ १० गते उमेदवारी मनोनयनको काम हुनेछ । सोही दिन उमेदवारको सूची प्रकाशन हुनेछ । माघ ११ र १२ गते उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने माघ १४ गते उमेदवारको नामावली प्रकाशन हुनेछ । माघ १५ गते कसैले चाहेमा नाम फिर्ता लिनसक्नेछन् र सोही दिन अन्तिम नामावली प्रकाशन हुनेछ । माघ १५ गते नै चुनाव चिह्न प्रदान हुनेछ भने माघ २४ गते निर्वाचन हुनेछ । 

Global Ime bank

सुमार्गीको ‘अवैध धन’

कान्तिपुरले अजेयराज सुमार्गीले नेपालमा लगानी गर्न भनी ल्याएको धन अवैध भएको समाचार प्रकाशित गरेको छ । सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका अजेयराज सुमार्गीले सबैभन्दा धेरै रकम कर छुट हुने देश साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्डबाट ल्याएको समाचार कान्तिपुरले प्रकाशित गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको प्रारम्भिक अध्ययनअनुसार उनले साइप्रसको एयरवेल सर्भिसेज प्रालिका नामबाट मात्र ९ पटक र अर्को टिपोलोजिया लिमिटेडबाट एक पटक रकम भित्र्याएका हुन् । उनले साइप्रसबाट ६ अर्ब ६३ करोड तथा ब्रिटिस भर्जिन आइल्यान्डको जोधार इन्भेस्टमेन्ट, डिलोर भेन्चर प्रालि र नोस्टल बिजनेस कर्पोरेसनबाट ५ अर्ब १५ करोड रुपैयाँ नेपाल ल्यााएका छन् । कान्तिपुरले सुमार्गीको सुरु देखिकै जीवनशैली कस्तो थियो र कसरी उनी अस्वभाविक रूपमा धनी भए भनेर पनि बक्स समाचार प्रकाशित गरेको छ । 

सम्पादकीय

पुस २७ गते पृथ्वी जयन्तीको दिन नागरिक तथा गोरखापत्रले नेपालको एकीकरणकर्ता पृथ्वी नारायण शाहको विषयमा सम्पादकीय लेखेका छन् । नागरिकले शाहले भ्रष्टाचारको विषयमा बोलेका कुरालाई प्राथमिकता दिँदै देशको धनमा बदमासी गर्ने र घुस लिने, दिने दुवै देशका शत्रु हुन् भनेर सम्पादकीय शुरु गरेको छ । त्यस्तै पृथ्वी नारायण शाहले नै जातजाति, भाषाभाषीका अधिकारका विषयमा नेपाललाई सबै जातको फूलबारी हो भनेर सबैको सम्मान गरेको विषयलाई पनि नागरिकले उठाएको छ । पृथ्वीनारायण शाहको दिव्योपदेशको पालना सबैले गर्नुपर्छ भन्ने नागरिकको सल्लाह रहेको छ । गोरखापत्रले पनि पुुस २७ लाई राष्ट्रिय एकता दिवस भन्दै लामो समयपछि सरकारले यो दिन सार्वजनिक बिदा दिने घोषणा गरेकोमा सन्तोष प्रकट गरेको छ । पृथ्वीनारायण शाहको नेपाल निर्माणमा रहेको अतुलनीय योगदानको गोरखापत्रले प्रशंसा गरेको छ । 

कान्तिपुरले निर्वाचन भएको एक महिना बित्दा पनि प्रदेश सभाको गठन हुन नसक्नुलाई उदेकलाग्दो बताएको छ । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न नसकेको र प्रदेश सभा प्रमुखसमेत नियुक्त गर्न नसक्नुलाई संघीयता कार्यान्वयनमा अकर्मण्यता लज्जापूर्ण भनेको छ । 

स्थानीय तहमा स्वास्थ्य सेवा पु¥याउनुपर्ने माग र महत्त्वका विषयमा अन्नपूर्ण पोस्टले सम्पादकीय लेखेको छ भने राजधानीले द्वन्द्व पीडितलाई न्याय दिन माग गर्दै सम्पादकीय लेखेको छ । नयाँ पत्रिकाले घोराहीमा थारु भाषालाई दिइएको महत्त्वलाई प्रशंसा गर्दै सम्पादकीय लेखेको छ । यसले थारु भाषाको विकासमा मात्र नभई थारु समुदायको जातीय पहिचानको सम्मानका लागि पनि कार्य गरेको नयाँ पत्रिकाको धारणा छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC