site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शाहिद–करीनाको अधुरो प्रेमकथा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामान्यतः मानिस अत्यन्तै स्वार्थी प्राणी हो । कुनै पनि व्यक्तिलाई सम्बन्ध राम्रो रहुञ्जेलसम्म आफुले मन पराएको व्यक्तिका हरेक क्रियाकलाप राम्रा लाग्छन् । तर त्यही व्यक्तिसँगको सम्बन्ध बिग्रिए उसका हरेक कुराहरु नराम्रो लाग्ने गर्दछ । 

बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री करीना कपूरको प्रेम सम्बन्धमा पनि यस्तै देख्न पाइएको छ । यिनीहरुबीच बिछोड भएपनि दुबै जनाले एक–अर्कासँग भेटघाट, कुराकानीदेखि फिल्ममा अभिनय गर्न पनि छोडिसकेका छन् । यद्यपी शाहिद कपूरले करिनासँगको प्रेममा पाएको धोकालाई कयौं पटक सार्वजनिक रुपमा अभिव्यक्त गरेका थिए । तर उनले अन्तिममा आएर करीनासँग आफ्नो सम्बन्ध टुटेको स्वीकार गरेका थिए । 

करीना र सैफको बढ्दो निकटता 
 

Prabhu Bank
Agni Group
NIC Asia

अभिनेता सैफ अली खान र करीना कपूरको बढ्दो निकटता शाहिद–करीनाको प्रेम सम्बन्धमा फाटो ल्याउने कारण बनेको थियो । फिल्म ‘टशन’ का दौरान सैफको मन मस्तिष्कमा करीनाप्रतिको माया अंकुराएको थियो । उनी हरेक समय करीनालाई आफ्नो प्रेमको आभाष दिलाउन प्रयासरत रहन्थे । सैफले आफ्नो हातमा करीनाको ट्याटूसमेत बनाएका थिए । पछि गएर करीना पनि सैफलाई मन पराउन थालेकी थिइन् । 

करीनाको खुलासा
 

Global Ime bank

फिल्म निर्माता करण जौहरको टेलिभिजन शो ‘कफी विथ करण’ मा करीनाले आफुले सैफ अलि खानलाई मन पराएको खुलासा गरेकी थिइन् । शो मा करणले उनलाईं ‘ओमकारा’ कलाकार अजय देवगन र सैफ अली खान मध्ये कसलाई बढी मन पराउनु हुन्छ भनेर प्रश्न गरेका थिए । 

प्रेमको सुरुवात 
 

‘टशन’ भन्दा पहिले ‘ओमकारा’ फिल्मको छायांकनका दौरान नै करीनाले सैफलाई मन पराउन थालेको बताइन्छ । जसबाट सैफ अलि खान नै करीना र शाहिदको प्रेम सम्बन्धमा अवरोध बनेको पुष्टि हुन्छ । 

तनाव हुँदाको साथी

करीना कपूर आफ्नो र शाहिदको सम्बन्धका बारेमा कुनै ठोस निर्णय लिन सकी रहेकी थिइनन् । उनको जिन्दगीमा सैफ अली खान प्रवेश गरे । सैफले करीना तनाव अवस्थामा रहँदा साथ दिने प्रयास गरे । जसका कारण उनी करीनाका अशल मित्र बन्न पुगे । जुन पछि गएर जिवनसाथीका रुपमा परिणत भए । 

अमृता राव
शाहिद र करीनाको प्रेम सम्बन्धमा फाटो आउनुमा बलिउड अभिनेत्री अमृता राव पनि कारण हुन् । करीनासँगको प्रेममा हुँदा पनि शाहिद आफ्नी को–एक्ट्रेस अमृता रावलाई ‘डेट’ गरिरहेका थिए । यद्यपी यसको सत्यता अहिलेसम्म पनि बाहिर आउनु सकेको छैन् । तर यसै कारण शाहिद–करीनाको सम्बन्धमा चिसोपना आएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  ०१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC